१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता माओवादी केन्द्रको एसिया संगठन समितिद्धारा बाढीपीडितलाई पाँच लाख सहयोग रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा बाढीपछिको काठमाडौं (फोटो फिचर) यात्रुको चाप बढेपछि विमान कम्पनीले सस्तो दरका टिकट बिक्री गर्न छाडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकका विभिन्न स्थानमा वर्षा र हिमपात, चन्द्रागिरिमा हिउँ



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ । वर्षाका कारण उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात भइरहेको माैसम पूर्वानुमान शाखाले जनाएकाे छ । काठमाडौ उपत्यकाको चन्द्रागिरी, फुल्चोकी, शिवपुरी क्षेत्रमा हिउँ परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली देशैभर सक्रिय हुँदा वर्षा र हिमपात भएको हो । हिमपात र वर्षाका कारण मुलुकभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार मौसममा सुधार आएपनि शुक्रबार मुलुकका विभिन्न स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ । 

@bidurneupane65 हिउँमा रमाइलो गर्दै #जय_भालेश्वोर_महादेव🙏🙏 ♬ Hiu paryo fururu – Tulasaa