१० असार २०८३, बुधबार
,
Latest
अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटउपगुट अन्त्य भयोः शाह वीरगञ्ज महानगरद्वारा चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक रास्वपा महाधिवेशन प्रतिनिधिको आरोप–स्वर्णिम वाग्लेको अर्थ–राजनीतिक प्रश्ताव संघीय शासन प्रणालीमाथि आक्रमण गर्नेगरी आयो, पर्याप्त छलफल… रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली नोटसहित दुई पक्राउ



अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको नेपाल प्रहरीको एक टोलीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । सो टोलीले काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकबाट रु एक हजार दरका ३१ थान नक्कली नोटसहित बाराका २७ वर्षीय अनुश थापामगर र २२ वर्षीय रवि आलेमगरलाई आज बिहान पक्राउ गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले नक्कली नोट झोलामा बोेकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिँदै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।