३१ जेष्ठ २०८३, आईतवार
,
Latest
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार



अ+ अ-

काठमाडौं । कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ ।

बैंकले माघ ७ गते मनाउन लागेको ५३ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी अघिल्लो वर्षको पुष मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार गरेको जनाएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा औषतमा १५ प्रतिशत लाभांश दिएकोमा गत वर्ष २१.०५ प्रतिशत र यस वर्ष ३० प्रतिशत लाभांश दिन सफल भएको बताउनुभएको हो । उहाँले अघिल्लो वर्षको पुष मसान्तमा १ खर्ब १० अर्ब रुपैयाँ निक्षेप रहेकोमा अहिले १५ दशमलव ४४ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको बताउनुभयो । कर्जा तथा लगानी पनि १० दशमलव २३ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब पुगेको बताउनुभयो । त्यस्तै उहाँले आगामी सात वर्षका लागि १० दशमलव ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र १ हजार अंकित मूल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एडिबिएल–कृषि बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने अन्तिम तयारी गरेको समेत बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत उपाध्यायले यो अवधिमा बैंकको खराब कर्जा पनि १० दशमलव ३१ प्रतिशतले घटेको जानकारी दिनुभयो । गत वर्षको पुष मसान्तमा ४ दशमलव ४२ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात यस वर्षको पुष मसान्तमा घटेर ३ दशमलव ५९ प्रतिशतमा झरेको छ ।