१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्भवतः फागुन २१ मै चुनाव हुन्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताउनुभएको छ ।

झापावासीहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सम्भवतः निर्वाचन फागुन २१ मै हुने बताउनु भयो । यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आउनुभएका अध्यक्ष ओलीले निर्वाचन फागुन २१ मै हुनसक्ने र फागुन २१ मा हुन नसके वा केही समय पछि भएपनि जित्नुपर्ने पार्टी नेकपा एमाले नै रहेको बताउनु भयो । देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले भएको बताउनु भयो । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसावले एमाले नै राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धनको नेतृत्व गर्ने पार्टी भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनाव आउँदैछ । सम्भवतः चुनाव हुन्छ । सम्भवतः फागुन २१ मै पनि चुनाव हुनसक्छ । यो सम्भवतः नै हो । यदी फागुन २१ मा भयो भने वा अलि पछि भयो भने वा जहिले हुन्छ । चुनावमा जित्नुपर्नै पार्टी नेकपा एमाले हो । एमाले नै जित्नुपर्ने पार्टी हो । देशभक्तिको प्रतिनिधित्व गर्ने, देशभक्तिपूर्ण राष्ट्रवादी, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्ने अगुवा पार्टी नेकपा एमाले हो । वैचारिक, व्यवहारिक, संघर्ष, अडान, दृष्टिकोणका हिसावले कुन हिसावले भन्नुहुन्छ, राष्ट्रको जायज राष्ट्रिय हितहरुको रक्षा र संवद्र्धनको नेतृत्व गर्ने पार्टी नेकपा एमाले हो । यसकारण यस पार्टीले नै जित्नुपर्छ ।’

अध्यक्ष ओलीले नेकपा एमाले सरकारमा गएका बेला देशमा विकासका कामहरुले गति लिएको बताउनु भयो ।