गलेश्वर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको एक विद्यालयमा आफ्नो पारिश्रमिकबाट अक्षयकोष स्थापना गरेका छन् । गाउँपालिका–४ स्थित नारच्याङमा रहेको नारच्याङ आधारभूत विद्यालयमा उनले पछि थप गर्ने गरी रु ५० हजारको अक्षयकोष स्थापना गरिदिएका हुन् ।

विद्यालयको ५८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा हालै आयोजित कार्यक्रममा गरिब तथा विपन्न परिवारका विद्यार्थीलाई सघाउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जानकारी दिइयो । अध्यक्ष पुनले सरकारबाट पाउने सेवासुविधाबापतको रकम शैक्षिक क्षेत्रमा खर्च गर्ने गरेको जानकारी दिए ।











