२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य शिविरमा परीक्षण गराउनेको घुइँचो, दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित



अ+ अ-

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । यहाँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रद्वारा गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा दुई हजार ३५० लाभान्वित भएका हुन् ।

प्रसूतितर्फ ४३६, छालातर्फ १०४, श्वासप्रश्वासतर्फ ६४९, भिडियो एक्सरेतर्फ २३०, नाक, कान, घाँटीतर्फ १३७, इसिजीतर्फ १२२, हाडजोर्नीतर्फ ३९६, बालरोगतर्फ ५६ र आँखातर्फ २२० विरामीले सेवा लिएको केन्द्रका लेखापाल वासुदेव दाहालले जानकारी दिए। शिविरमा विभिन्न अस्पतालमा कार्यरत ३५ विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए । तनहुँका साथै स्याङ्जाका सर्वसाधारणले सेवा लिएका थिए । स्याङ्जाको हरिनास गाउँपालिका–३ निवासी कुमारी कोइरालाले छिमेकी जिल्लाको अस्पतालबाटै विशेषज्ञसहितको निःशुल्क सेवा पाउँदा सहज भएको बताए।

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको शिविर सफल सम्पन्न भएको उपचार केन्द्रका निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए ।स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनबाट गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्योपचारको सेवा सञ्चालन भइरहेको छ ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिका सहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका बासिन्दा सेवा लिन आउँछन् । पच्चिस श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । यसबाहेक सो उपचार केन्द्रमा सुत्केरी गराउनेको सङ्ख्या पनि उल्लेख्य रहेको छ ।

दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले नै केही वर्ष अघि पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा झरौटामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।




भर्खरै