२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित



अ+ अ-

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए ।

आइतबार बसेको सर्वपक्षीय भेलाले बाह्रबिसे नगरपालिकाका अधिकृत युगबहादुर खडकाको संयोजकत्वमा सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रहरी अधिकृत तथा अमिन सम्मिलित सात सदस्यीय छानविन समिति गठन गरेको छ । छानबिन समितिको प्रतिवेदन आएपछि मात्र उचित निर्णय लिई अघि बढने प्रजिअ चेम्जोङले बताए ।

राजमार्ग साँघुरो हुने गरी अतिक्रमण गरेर दाँयाबाँया वनाइएका घरटहरा भत्काउन नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेपछि शुक्रबार डोजर प्रयोग गरी भत्काइएको थियो । घरटहरा भत्काएको विरोधमा झडप भएपछि स्थितिलाई शान्त गराउन स्थानीय प्रशासनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म पाँच जनासम्म भेला भएर हिँडडुल गर्न नपाउने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।




भर्खरै