१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरको विमान उड्न लाग्दा यतिको विमानसँग ठोक्कियो



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरको विमान पार्किङ गरिराखेको यति एयरको विमानसंग ठक्कर खाएको छ । प्रहरीले जनाए अनुसार जनकपुर जान लागेको बुद्ध एयरको विमान यति एयरको विमानसँग ठोक्किएको हो ।

विमानस्थल प्रहरीका अनुसार, रोकिराखेको यतिको विमानमा बुद्धको जहाज ठोक्किएको हो । दुवै विमानमा सामान्य क्षति पुगेको छ । जहाज ठोक्किएपछि बुद्धको जनकपुर उडान रद्द भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले बिहान ८ बजे बिमान ठोक्किएको जानकारी दिए । दुवै विमान कम्पनीका सञ्चालकहरुले आआफू बनाउने सहमति भएको छ ।