९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नयाँ पुरानो दलको बहसभन्दा एजेन्डाको बहस महत्त्वपूर्ण

नयाँ पुरानो दलको बहसभन्दा एजेन्डाको बहस महत्त्वपूर्ण
अ अ+ अ-

काठमाडौँ।  नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन पुराना वा नयाँ दलभन्दा पनि एजेन्डामा आधारित प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनको वातावरण र निर्वाचनपछिको राजनीतिक परिदृश्य’ विषयक कार्यक्रममा उहाँले पुराना दलहरू लोकतन्त्र, नागरिक अधिकार र मुलुकको स्वाधीनताका लागि स्थापना भएको स्मरण गराउँदै नयाँ पुरानो दलको बहसभन्दा एजेन्डाको बहस महत्त्वपूर्ण भएको बताउनुभयो ।

“एजेन्डा पुरानो वा नयाँ भन्ने हुँदैन । अहिलेको निर्वाचनमा पनि पार्टीको उमेर वा नाममा होइन, घोषणापत्र र कार्ययोजनामा आधारित हुनेछ र हुनुपर्छ”, उपसभापति भुसालले भन्नुभयो, “पार्टीको क्याडरले मात्र होइन, आम मतदाताले एजेन्डा हेरेर भोट दिन्छन् । कुन पार्टीले पाँच वर्षभित्र आफ्नो प्रतिबद्धता पूरा गर्नसक्छ भन्ने कुरा नै निर्णायक हुन्छ ।”

कार्यक्रममा पूर्वमुख्यसचिव, पूर्व कानुन सचिव तथा पूर्व उच्च अधिकारीहरूले निर्वाचन सुरक्षामा देखिएका चुनौती, मिथ्या सूचना, दुष्प्रचार, व्यक्तिकेन्द्रित चुनावी प्रचार र कानुन उल्लङ्घनमा दण्डहीनतालगायत विषयमा सचेत गराउनुभयो ।

पूर्वमुख्यसचिव एकनारायण अर्यालले निर्वाचन नजिकिँदै जाँदा सुरक्षासम्बन्धी मनोवैज्ञानिक डरबारे उल्लेख गर्दै यसलाई हल्का रूपमा लिन नहुने सुझाव प्रस्तुत गर्नुभयो । उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मनोबल बढाउनपर्नेमा जोड दिनुभयो । “काम गरे पनि जस नपाउने र पछि विभिन्न निकायबाट छानबिनको डर रहने अवस्थाले सुरक्षामा चुनौती थपिन सक्छ । त्यसैले सुरक्षाकर्मीको मनोबल बढाउनुपर्छ”, अर्यालले भन्नुभयो ।

एक सय ६५ वटै निर्वाचन क्षेत्रमा स्पष्ट एजेन्डासहित उम्मेदवार नदेखिएको टिप्पणी गर्दै दलहरूले सङ्घीयताको संरचना, समानुपातिक प्रणाली, राष्ट्रियसभा, सांसदको योग्यता, सेवा प्रवाह र संविधान संशोधनजस्ता विषय चुनावी बहसको केन्द्रमा आउन नसकेको उल्लेख गर्दै उहाँले एजेन्डामा आधारित राजनीतिक अभ्यासमा जोड दिनुपर्ने बताउनुभयो ।

पूर्वमुख्यसचिव शङ्कर दास बैरागीले निर्वाचनको निष्पक्षता, विश्वसनीयता र पवित्रतामाथि असर पार्ने तत्वहरूबारे राजनीतिक दलहरूले गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको तटस्थतामा जोड दिँदै मिडिया ‘बुलिङ’, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत हुने दुष्प्रचार तथा ‘मनि र मसल पावर’को प्रभावलाई चुनौतीका रूपमा औँल्याउनुभयो ।

सङ्घीय संसद् सचिवालयका पूर्वमहासचिव डा भरतराज गौतमले विगतका घटनाबाट पाठ सिक्दै सुरक्षा व्यवस्थापन क्षमता गुणात्मक रूपमा बलियो बनाउनुपर्ने सुझाव दिनुभयो । पूर्वकानुन सचिव धनराज ज्ञवालीले चुनावअघि वा पछि भन्ने बहसभन्दा पनि जनमतका आधारमा सुधारको बाटो खोल्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य डा खिमलाल देवकोटाले नयाँ पुराना सबै राजनीतिक दलमा चुनावको उत्साह समान रूपमा रहेको चर्चा गर्दै कसैले पनि संशय राख्न नहुने धारणा राख्नुभयो ।

यस्तै, सांसद तारामान स्वार र पूर्वसांसद नवराज सिलवालले पनि एजेन्डामा आधारित राजनीतिको आवश्यकता औँल्याउनुभयो । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक सिलवालले कानुन उल्लङ्घनका घटनामा समान व्यवहार नहुँदा दण्डहिनताको अवस्था सिर्जना भएको बताउनुभयो ।

समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानल सरकार र निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक वातावरण बनाउने काममा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनको वातावरण बनाउने आयोगले सहजीकरण गरिरहेको जानकारी दिनुभयो ।  उहाँले  निर्वाचन आचार संहिताको प्रभाबकारी र उद्देश्यपरक कार्यान्वयन, निर्वाचनमा सामाजिक ,संञ्जालको प्रयोग दुरुपयोग यसले निर्वाचन पार्ने प्रभाब र यसलाई नियमन गर्ने राज्यको क्षमताका बारेमा समाले निरन्तर छलफल गरिरहेको जानकारी दिनुभयो ।