१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने News Polar पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै भाेजपुरकाे ऐतिहासिक कोटगढी News Polar पहिरोबाट उद्धार गरिएका भन्छन, ‘नयाँ जीवन पायौँ’ News Polar मस्र्याङ्दी नदीमा जलसतह घट्यो, तत्काल चिन्ता गर्नुपर्ने अवस्था छैन : जिल्ला प्रशासन News Polar अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता, बाढीपछिको पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन आग्रह News Polar ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच

सर्लाहीको हरिवनमा खानेपानीको पहुँच
फाइल फोटो
अ अ+ अ-

सर्लाही। सर्लाहीको हरिवन नगरपालिकास्थित भोक्टेनीमा घरघरमा खानेपानीको धारा जडान भएपछि स्थानीय हर्षित भएका छन् । हरिवन –१, भोक्टेनी क्षेत्रका स्थानीय लामो समयदेखि खानेपानीको समस्या रहेको थियो ।

अहिले घरघरमा पानीको धारा जडान भएपछि आफूहरूलाई निकै सुविधा भएको हरिवन–१, भोक्टेनीकी कविता कुमारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘पहिला इनारको पानी खानुपथ्र्यो । त्यो पनि हिउँद लागेपछि विस्तारै पानीको सतह घट्दै जाँदा चैत, वैशाखमा धमिलो पानी खान लडाइँ हुन्थ्यो ।’’

हिउँद महिना लागेपछि पानीको लागि दैनिक इनारमा झै–झगडा हुने गरेको सोही स्थानकी कुल्सुम खातुनले बताउनुभयो । ‘‘अहिले घरघरमै धारा झरेको छ । दैनिक बिहान, बेलुका दुई समय पानी आउँछ । निकै सुविधा भएको छ ।’’ खातुनले सुनाउनुभयो । आफू विवाह गरेर आउँदा एक गाग्री खानेपानीको लागि गाउँका महिला बालबालिका चुरे फेदीमा झरेको झोरासम्म पुग्नुपर्ने बाध्यता रहेको खातुनले बताउनुभयो ।

केही समय पहिलासम्म गाउँमा सम्पन्न केहीले खनेको इनारमा पानी झिक्न नपाउँदाको दुःख कविताको मानसपटलमा अहिले पनि ताजै छ । २०० घर धुरीको लागि यस क्षेत्रमा ५२ वटा भन्दा धेरै साना ठूला इनार खनिएको छ ।

केही वर्षयता उक्त इनारमा पानी भरिन छाडेपछि स्थानीय थप खानेपानी सङ्कटमा परेका हुन । गाउँ नै खानेपानीको चपेटामा परेपछि २०७९ सालदेखि यहाँ खानेपानी योजना सुरु भएको थियो ।

वडा कार्यालयको रु ३५ लाख र मधेस प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाको क्षेत्र विकास बजेटबाट छुट्याएको ३७ लाख गरी ७२ लाख लागतमा खानेपानीको व्यवस्था गरिएको अत्रौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष मुकेश साहले बताउनुभयो । तत्काललाई डिप बोरिङबाट पानी निकालेर सिधैँ दिनको दुई टाइम उपभोक्ताको धारामा पठाउने गरिएको उहाँको भनाइ छ ।
‘‘संस्थाको सम्पूर्ण संरचना निर्माणको लागि ठूलो लगानी आवश्यक छ ।

अहिलेलाई पानीको प्रयोगशालाबाट परीक्षण गर्दा खान उपयुक्त देखिएपछि वितरण गरिएको हो ।’’ यसको दिगो व्यवस्थापनको लागि वडा, नगर, प्रदेश र सङ्घ सरकार मातहतका निकायसँग निरन्तर पहल गरिरहेको अध्यक्ष साहले बताउनुभयो । आयोजनाको लागि कम्पाउण्ड, ओभरहेड ट्याङ्की सहितको संरचना निर्माण नभइ दिगो व्यवस्थापन नहुने उहाँले सुनाउनुभयो ।

यस आयोजनाको लागि स्थानीय हरिनारायण ठाकुरबाट दुई कठ्ठा र वडा सदस्य रहनुभएका उदयनारायण ठाकुरबाट एक कठ्ठा गरी तीन कठ्ठा जग्गा प्राप्त भएको वडाध्यक्ष टमबहादुर घिसिङले बताउनुभयो । स्थानीयले बर्सेनि खानेपानीको लागि गरेको लडाइँ र स्थानीयले भोग्नु परेको काकाकुल अवस्था समाधानको लागि वडाले पहल गरेर खानेपानीको व्यवस्थापन गरेको उहाँको भनाइ छ ।

यसलाई दिगो रुपमा सञ्चालनको लागि आवश्यक भौतिक संरचना लगायतको लागि आफूले निरन्तर पहल गरिरहेको उहाँले दाबी गर्नुभयो ।‘‘स्थानीयले सधैँ पानी खान नपाएको गुनासो गरेपछि वडाको स्थानीय जग्गा दातासँग पहल गरेर प्राप्त जग्गामा ३५ लाख बजेटबाट विद्युत् लाइन विस्तार, ट्रान्समिटर खरिद गरेर जडान गरी ५०० फिट गहिरो डिप बोरिङ गरेर विद्युतीय मोटर जडान गरी तत्काललाई पानी खुवाउने प्रबन्ध गरेको हो ।’’ वडाध्यक्ष घिसिङले भन्नुभयो । उहाँका अनुसार २०० घर मध्य अहिले सम्म १५५ घरमा धारा जडान गरेर पानी वितरण भइरहेको छ ।

बाँकी परिवार धारा जडानको गर्ने प्रक्रियामा रहेका संस्थाका अध्यक्ष साहले बताउनुभयो । यस आयोजनाबाट हरिवनको भोक्टेनी तथा आसपासका गाउँका स्थानीयलाई पानी खुवाउने योजना रहेको उहाँको भनाइ छ । रासस