१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्

अरनिको माविले हात पार्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि

अरनिको माविले हात पार्यो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि
अ अ+ अ-

भक्तपुर। सूर्यविनायक नगरपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि अरनिको माध्यमिक विद्यालयले हात पारेको छ ।

यही माघ १३ गतेदेखि आयोजना भएको सो प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयले २५ स्वर्ण, १२ रजत र ११ कास्य गरी कुल ४८ पदक प्राप्त पार्दै विजेता बनेको हो ।

त्यसैगरी कुलमाया भगवती माध्यमिक विद्यालयले आठ स्वर्ण, तीन रजत र चार कास्य गरी कुल १५ पदकसहित दोस्रो स्थान हासिल ग¥यो भने मिड–भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण, पाँच रजत र चार कास्य गरी कुल १५ पदक प्राप्त गर्दै तेस्रो भयो ।

सामुदायिक तथा संस्थागत गरी ३५ विद्यालयको सहभागिता रहेको सो प्रतियोगितामा कुल ८९६ खेलाडीले एथ्लेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र करातेमा प्रतिस्पर्धा गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले विजेता अरनिको माविलाई नगद रु ३० हजार, राष्ट्रपति रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्रदान गर्नुभयो ।  दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः रु २० हजार र १० हजार नगदसहित पदक र प्रमाणपत्र वितरण गर्नुभयो ।

प्रतियोगितामा करातेमा छात्रतर्फ मिड–भ्यालीका कृजेन श्रेष्ठ र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी राधिका खत्री, उसुमा छात्रतर्फ मोडल जनता स्कुलका रेमन ठाडा मगर र छात्रातर्फ अरनिको माध्यमिक विद्यालयकी रिना खड्का, तेक्वान्दोमा छात्रतर्फ क्यान्डिड करियरका सुहान थापा मगर र छात्रातर्फ माउन्ट एभेरेन्टकी जेनी जोशी उत्कृष्ट खेलाडी घोषित भएको सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्यसचिव दीपक थापाले जानकारी दिनुभयो ।

त्यस्तै भलिबलमा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका विराज श्रेष्ठ र छात्रातर्फ सोही विद्यालयकी जुना श्रेष्ठ, कबड्डीमा छात्रतर्फ मिड–भ्यालीका नृजल प्रजापति र छात्रातर्फ सृजना राउत, एथ्लेटिक्समा छात्रतर्फ अरनिको माध्यमिक विद्यालयका सुवास बुढाथोकी र छात्रातर्फ कुलमाया भगवती माध्यमिक विद्यालयकी शिवमाया श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएको उहाँले जानकारी दिनुभयो । रासस