१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानद्वारा जानकारी



सन्दर्भ तस्बिर
अ+ अ-

तेहरान। इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोर (आइआरजिसी) ले शनिबार आफ्ना नौसैनिक कमान्डर अलिरेजा ताङसिरीको हत्या भएको भनी आएका समाचारहरूको खण्डन गरेको छ ।

आइआरजिसीले आफ्नो आधिकारिक अनलाइन समाचार साइट (सेपाह न्यूज) मा जारी एक वक्तब्यमा भनेको छ,“यो अफवाह इजरायली सामाजिक सञ्जालबाट फैलिएको हो ।”

सामाजिक सञ्जालको उक्त ‘अकाउन्ट’ मा सुरक्षा र सैन्य क्षेत्रको बारेमा यसपहिले पनि अफवाह फैलाएको ट्र्याक रेकर्ड रहेको छ । उक्त पेजमा यसअघि आइआरजिसी कुद्स फोर्सका कमान्डर इस्माइल कानीको हत्या भएको दाबी गरिएको थियो।

सेपाह न्यूजका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही दिनहरूमा पश्चिम एसिया क्षेत्रमा युद्धपोत बेडा पठाएर इजरायलमाथि आक्रमण गर्न सक्ने मनोवैज्ञानिक त्रासबीच यो अफवाह फैलाउने कुरालाई अर्थपूर्ण मानिएको छ ।

शनिबार पनि आइआरजिसीको नौसेनाले अफवाहको खण्डन गर्दै भनेको छ, “होर्मोजगान प्रान्तमा रहेको उहाँको कुनै पनि कार्यालयमा ड्रोन आक्रमण गरिएको छैन र सुरक्षा बलसँग सम्बन्धित कुनै पनि भवन नष्ट भएको छैन।” (रासस/एएफपी)