१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोह

बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोह
अ अ+ अ-

मकवानपुर। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशका जनताको चाहनाअनुसार प्रदेशमा सुशासन कायम राख्न र भ्रष्टाचारजन्य कार्यलाई नियन्त्रण गर्न सशक्त कानुन तर्जुमा गरी कार्यान्वयनमा ल्याउनु प्रदेश सरकारको नैतिक जिम्मेवारी भएको बताउनुभएको छ ।

बागमती प्रदेशसभाको आठौँ वार्षिकोत्सव समारोहको आज हेटौँडामा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले अब युवा पुस्ताको मर्मलाई आत्मसात् गर्दै आर्थिक समृद्धितर्फ जोडिने प्रयास गरिए मात्र गणतन्त्रको भविष्य दिगो हुने धारणा राख्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले  दलका नेतृत्वले अब बानीव्यहोरा र राजनीतिक चिन्तनलाई परिवर्तन गर्नुपर्ने भन्दै त्यसो नगरिए मुलुकले ठूलो राजनीतिक दुर्घटनाको सामना गर्नुपर्ने जिकिर गर्नुभयो ।

समारोहमा प्रदेशसभाका कार्यवाहक सभामुख अप्सरा चापागार्इंले विभिन्न विधेयकहरू पारित, सरकार गठन, प्रदेश सरकारले गरेका कामकर्तव्य र जिम्मेवारीको समीक्षाका साथै विभिन्न समितिबाट भएका निर्णयलाई पारदर्शी रूपमा निर्देशित गर्नेलगायत कार्यमा प्रदेशसभाले आफ्नो सशक्त भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले प्रदेशसभा सचिवालयमा प्रदेश सरकारद्वारा ल्याइएका विभिन्न प्रकारका ९९ वटा विधेयक पारित गरिएको र तीमध्ये ९० वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको जानकारी दिनुभयो ।

त्यस अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीद्वय डोरमणि पौडेल र शालिकराम जम्कट्टेलले प्रदेश सरकारले सुशासनलाई तीव्रका साथ कार्यान्वयन गर्दै सङ्घीयतालाई प्रभावकारी तुल्याउन प्रदेशसभा बैठकले पनि मार्गनिर्देशन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) बागमती संसदीय दलका नेता जगनाथ थपलियाले आगामी फागुन २१ मा शान्तिपूर्ण रुपमा निर्वाचन हुने वातावरण बनाउन सङ्घीय सरकार गम्भीर हुनुपर्ने र सबै राजनीतिक दल तथा मतदाताले पनि आफ्नो विवेक प्रयोग गरेर राष्ट्रियताको पक्षमा एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभाका सचिव रामकुमार पौडेलले गत भदौ २३ र २४ मा आन्दोलनका क्रममा प्रदेशसभा भवनमा क्षति पुगेकाले प्रदेशसभाको बैठक सञ्चालन गर्न छुट्टै व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेशसभा सचिवालय प्रकाशित प्रदेशसभा दर्पणको विमोचनसमेत गरिएको थियो । प्रदेशसभा सचिवालयका अधिकृत प्रकाश चापागाईं, कम्प्युटर अपरेटर सुजन पुडासैनी र अन्य कर्मचारीलाई प्रदेशसभाका तर्फबाट नगद पुरस्कारसहित सम्मान गरिएको थियो । रासस