६ श्रावण २०८३, बुधबार
,
Latest
दमकमा घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु काँग्रेसमा बढ्दो आन्तरिक विवादः संस्थापन इतर पक्षद्वारा साउन २९ मा राष्ट्रिय भेला आह्वान राष्ट्रियता र लोकतन्त्र इतिहासकै गम्भीर संकटमाः पूर्णबहादुर खड्का वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी डिल्लीबजारबाट पक्राउ आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक छ : सञ्चारमन्त्री तिमिल्सिना बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियन कस्मेटिकले नेपाली बजारमा नयाँ सम्भावना बोकेको छः राजदूत पार्क ताइयोङ



oplus_2
अ+ अ-

काठमाडौँ।  नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले कोरियन कस्मेटिक उत्पादनले नेपाली बजारमा नयाँ सम्भावना बोकेको बताउनुभएको छ ।

कोरियन कच्चापदार्थ र कोरियन प्रविधिको प्रयोगबाट नेपालमै उत्पादन गरिएको कोरियन कस्मेटिक ब्रान्ड ‘ओरा’ को आज सार्वजनिक कार्यक्रममा राजदूत पार्कले कोरियन कस्मेटिक नेपालमा सफल रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीच व्यापार, प्रविधि र श्रम क्षेत्रका साथै उत्पादनमूलक सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता पहलले कोरिया–नेपाल द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एनके कस्मेटिकका अध्यक्ष विनोद कुँवरले ‘नेपालमै केही गरौँ’ भन्ने उद्देश्यका साथ ओरा प्रोडक्ट नेपालमा भित्र्याइएको बताउनुभयो । व्यापार मात्र नभई रोजगारी सिर्जना गर्ने लक्ष्यसहित यो पहल गरिएको उहाँको भनाइ थियो । नेपाली बजारको आवश्यकता, उपभोक्ताको छाला र मौसमअनुकूल उत्पादन विकासमा विशेष ध्यान दिइएको अध्यक्ष कुँवरले स्पष्ट पार्नुभयो ।

एनआरएनका अध्यक्ष बद्री केसीले नेपाल र कोरियाबीचको दुई पक्षीय सहकार्यले देशलाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । एनआरएनका पूर्वअध्यक्ष कुल आचार्यले विदेशमा रहेका नेपाली नेपालमै प्रविधि र लगानी भित्र्याउन इच्छुक रहेको उल्लेख गर्दै सरकारी प्रक्रिया अझ सहज र लगानीमैत्री हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेपाली जीवनशैली र वातावरणलाई ध्यानमा राखी तयार पारिएको ओरा कोरियन कस्मेटिकले नेपालमा उत्पादन, रोजगारी र प्रविधि हस्तान्तरणमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ । रासस