१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम

फागुन पहिलो सातादेखि मतदाता शिक्षा कार्यक्रम
अ अ+ अ-

दमौली । फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी विकास लम्सालका अनुसार जिल्लाका दशवटै स्थानीय तहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो ।

लम्सालले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने जानकारी पनि उहाँले दिनुभयो ।

कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयतासम्बन्धी विषयमा जानकारी दिइनेछ । जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ ।

निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार ४९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार ९०६ जना रहेको छ ।

दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा छन् । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ तर्फ एक लाख १८ हजार २७९ मतदाता कायम भएका छन् । क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ ।

क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछ । यस पटकको निर्वाचनका लागि ऋषिङ गाउँपालिका–४ र ६ मा एक÷एक मतदान केन्द्र थप भएको छ । जिल्लामा १४४ मतदानस्थल र ३०० मतदान केन्द्र रहेका छन् ।

निर्वाचन प्रहरी तालिम

जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आजदेखि तालिम सञ्चालन गर्ने भएको छ । निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गर्न लागिएको हो ।

निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै तालिम सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँको व्यास नगरपालिका–५ पाटन खेलमैदानमा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आँबुखैरेनी क्याम्पसमा, इलाका प्रहरी कार्यालय बेलचौताराको बेलचौतारा खेलमैदानमा, इलाका प्रहरी कार्यालय भानुको गोठेटार खेलमैदानमा र इलाका प्रहरी कार्यालय बन्दीपुरको बन्दीपुरमा तालिम सञ्चालन गरिनेछ ।

कार्यालयले एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ । आवेदन कम भएपछि कार्यालयले दुई पटक आवेदन दिने समय थप गरेको थियो । प्रनाउ विकले भन्नुभयो, “आफूलाई पायकपर्ने स्थानमध्ये जहाँ सम्पर्क गर्दा पनि हुन्छ, पाँच ठाउँमा तालिम सञ्चालन हुन्छ ।”

कार्यालयले १९६ जनालाई वैकल्पिक सूचीमा राखेको छ । वैकल्पिक सूचीमा रहेकालाई स्याङ्जा पठाउने तयारी गरिएको छ । स्याङ्जामा निर्वाचन प्रहरीका लागि कम आवेदन परेपछि इच्छुक हुनेलाई स्याङ्जा पठाइने प्रनाउ विकले बताउनुभयो ।

निर्वाचनमा निर्वाचन प्रहरीसँगै करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । निर्वाचनमा परिचालन गरिने कर्मचारी, प्रहरीको विवरण सङ्कलनको काम भइरहेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । रासस