१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो News Polar सुनचाँदीको मूल्य ओरालो News Polar अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान News Polar चाडपर्वमा यात्रु नठगिउन्, सडक सुरक्षा र पूर्वाधार सुधारमा गम्भीर बनौँः सांसदहरू News Polar प्रदेश सरकार बोझिलो र खर्चिलो भएको धारणा तथ्यगत होइन : मुख्यमन्त्री थापा मगर News Polar मनसुनजन्य विपदबाट देशका विभिन्न राजमार्ग अवरुद्ध News Polar यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ News Polar रोनन सुब्बा र समीक्षा अधिकारीको ‘कहिले होला’ सार्वजनिक News Polar नारायणी पुलमा अड्किएको क्रुज निकाल्ने प्रयास जारी News Polar चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भनेः सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस् News Polar चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने

दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन्ः अध्यक्ष ढकाल

दलका घोषणापत्रमा कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा परेनन्ः अध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दल आफ्ना आर्थिक एजेण्डा स्थापित हुनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष ढकालले अन्य राजनीतिक पार्टीलाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति मौलाउन नहुने बताउनु भयो । कुनैपनि दलका घोषणापत्रमा अहिलेसम्म कहिल्यै आर्थिक मुद्दा प्राथमिकतामा नपरेको उहाँले बताउनु भयो । नेपाल आर्थिक पत्रकार संघले आईतवार काठमाडौंमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेण्डा’ कार्यक्रममा ढकालले आर्थिक मुद्दाहरु छाडेर राजनीतिक दलका नेताहरु एउटाले अर्काे दललाई नराम्रो देखाउने प्रचलन बढेको बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नुभयो–‘राजनीतिक दलका नेताले अर्काे दललाई नराम्रो देखाउने प्रचलन छ । नेगेटिभ कुराहरु अझ बढेर गएको छ । अर्कोलाई नराम्रो देखाएर आफू राम्रो बन्नुभन्दा पनि आफ्ना गतिविधि राम्रो गरेर अर्को भन्दा राम्रो हुनुपर्ने थियो तर त्यो हामी कहाँ त्यो अभ्यास देखिएन । निजी क्षेत्रप्रति हेर्ने धारणा पनि गलत हिसाबको छ । निजी क्षेत्रले कर तिर्दा, रोजगारी दिदाँ राज्यलाई धेरै सहयोग पुगेको छ ।  निजी क्षेत्रले राज्यमा गरेको योगदानको चर्चा राजनीतिका नेतृत्व र दलबाट हुन सकेको छैन । रोजगारी सृजनाका कुरा, कर तिरेका कुरा किन चर्चा हुँदैन ? । मन्त्रालय मन्त्रालयबीच कोडिनेसन छैन । डिसिजन गर्दा पपुलरिजन खोज्ने गरेका छन् । राज्यलाई क्षति हुने नै भए पनि चर्चा बटुल्न जस्ता पनि निर्णय गर्ने प्रचलन बढेको छ ।’

निजी क्षेत्रलाई राज्यले प्रमोट र प्रोटेक्सन नगर्ने हो भने अर्थतन्त्र चलायमान हुन नसक्ने ढकालको भनाइ छ । उहाँले अन्तरमन्त्रालयबीच समन्वयन नहुँदा धेरै समस्या पर्ने गरेको बताउनु भयो । कार्यक्रममा होटल एशोसिएशन अफ नेपाल(हान)का अध्यक्ष विनायक शाहले होटलहरुमा खर्बौ लगानी भएपनी उपयोग हुन नसकेको बताउनु भयो  ।

अध्यक्ष शाहले भन्नुभयो–‘ पर्यटकहरुको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यहि अनुसार राज्यले नीति बनाउनुप¥यो । नेपाल  टुरिज्म बोर्डलाई प्राधिकरणको रुपमा लैजानुप¥यो ।’ अध्यक्ष शाहले  होटल क्षमताको पूर्ण उपयोग हुनेगरी सांसदहरुले नीति बनाइदिनुपर्ने बताउनु भयो ।  उहाँले पर्यटन, होटल  नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरुलाई समस्या हुने गरेको समेत बताउनु भयो । 

कार्यक्रममा  निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले अब दलहरूले घोषणापत्र बनाउँदा केवल घोषणापत्रका लागि मात्रै बनाउने कि साँच्चिकै व्यवहारमा लागू हुने घोषणापत्र तयार गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष सिंहले भन्नुभयो–‘सबै दलहरूले ध्यान दिनुपर्ने कुरा के हो भने नेपाली जनता अब निर्वाचनमा मात्रै विश्वास गर्दैनन् । चुनाव त २०८२ मा हुन्छ, तर त्यसको परिणामभन्दा महत्वपूर्ण कुरा मुलुकको विकास हो, र त्यो विकास राजनीतिक एजेण्डामा मात्रै सीमित हुन सक्दैन ।’

उहाँले निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई लक्षित गर्दै स्टन्ट गरेर पूर्वाधार क्षेत्रलाई धराशायी बनाउन नहुने बताउनु भयो । सिंहले हिजो राजनीतिक एजेण्डालाई केन्द्रमा राखेर मात्रै छलफल हुने गरे पनि आर्थिक एजेन्डालाई दलहरूले आफ्नो मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । मूल रूपमा पुँजीको विकास र उदयलाई सही रूपमा पहिचान नगरी मुलुकको विकास सम्भव नहुने उहाँको भनाइ छ । रोजगारी सिर्जना गर्ने उद्योग, पूर्वाधार र उत्पादन क्षेत्रलाई प्राथमिकता दिनैपर्ने उहाँको भनाइ छ ।