१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई आगो चाहिएको छैन, सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब स्थानीय तह बलियो बनाउने अभियान कांग्रेसमा शुरू भएको बताएका छन् । काठमाडौँ क्षेत्र नम्बर ४ को बुढानीलकण्ठमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अब कांग्रेस बनाउने अभियान शुरू भएको छ। बदिलएको कांग्रेसले सबैको आवाज सुन्छ। युवाको आवाज सुन्छ। जेनजीको आवाज सुन्छ।’

उनले अब अमूर्त कुरा नभएर कांग्रेसले कामलाई प्राथमिकता दिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । ‘कांग्रेसमा अब समय आएको छ बदलिने । नेपाललाई आगो चाहिएको छैन। नेपाललाई सम्हाल्ने शक्ति चाहिएको छ।’

बदलिएको कांग्रेसले देश सम्हाल्ने नेतृत्व चाहिएको भन्दै उनले देश सम्हाल्ने शक्ति युवामा रहेको जिकिर गरे।

उनले देशलाई शासनमा र कार्यशैलीमा सुधार चाहिएको बताए । उनले सबै जना संविधानमा प्रतिबद्धता रहेकाले संविधानमा बदल्ने कुरा धेरै रहेको तर त्यसका लागि युवाहरूले साथ दिनुपर्ने बताए ।

‘कांग्रेस नेपाल राज्‍यमा रहेको सबैको हो । झुपडीमा बसेका नागरिक र महलमा बसेका नागरिकको हो। अझ पिँधमा रहेको व्यक्तिको नजिकको पार्टी हो कांग्रेस’ उनले भने, ‘तर देश बनाउन सबैको जरूरी छ। पार्टीले भागबन्डा गर्न नपाओस् । अनि सुशासन आउँछ ।’

थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले भने, ‘नेपाली युवाहरू अब विदेशमा भौतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ ।’ उनले काठमाडौँका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्‍ने आधार नखोसिने बताए । ‘काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदूरहरूको गास खोसिँदैन’, उनले भने ।