७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो

पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्छ : पर्यटनमन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीको हितमा प्रदेश सरकारले काम गर्ने बताउनुभएको छ ।

ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान)ले मङ्गलबार मन्त्री श्रेष्ठको सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकारले काम गर्ने बताउनुभएको हो । “पर्यटन व्यवसायीको हितका लागि प्रदेशले गर्नुपर्ने कामलाई मैले गम्भीरताका साथ लिएको छु”, उहाँले भन्नुभयो । पर्यटन प्रवद्र्धनका लागि व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाका कारण थलिएको पर्यटन व्यवसायलाई चलायमान बनाउन र व्यवसायीमैत्री पर्यटन ऐन निर्माणका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । सरकारले कोरोनाका कारण पलायन हुन लागेका पर्यटन व्यवसायीलाई रोक्न विशेष प्याकेज ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

टानका पूर्वअध्यक्ष एवं नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, उपत्यका पर्यटन कार्यालयका प्रमुख टङ्क भट्टराईलगायतले पर्यटनमैत्री ऐन कानून नबन्दा कतिपय पर्यटकीय गतिविधि अगाडि बढाउन समस्या भएको जनाउँदै प्रदेश सरकारले पर्यटनलाई महत्वका साथ अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।