२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

भेनेजुएलाको तेल उद्योगमा निजी लगानी खुला, अमेरिकाले केही प्रतिबन्ध खुकुलो पार्‍यो

भेनेजुएलाको तेल उद्योगमा निजी लगानी खुला, अमेरिकाले केही प्रतिबन्ध खुकुलो पार्‍यो
भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेज मजदूरहरूसँग । २०२६
अ अ+ अ-

भेनेजुएलाको तेल उद्योगमा सुधारसम्बन्धी कानुन पारित भएपछि संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि लगाइएका केही प्रतिबन्ध खुकुलो पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेनेजुएलामा हस्तक्षेपपछि अमेरिकी कम्पनीहरू पुनः प्रवेश गर्न सक्ने मार्ग प्रशस्त गर्ने उद्देश्यले यो कदम चालिएको बताइएको छ।

क्याराकासमा भेनेजुएलाली सांसदहरूले तेल उद्योगलाई निजी लगानीका लागि खोल्ने निर्णय गरेको एक घण्टाभित्रै अमेरिकी अर्थ मन्त्रालय (ट्रेजरी डिपार्टमेन्ट) ले राज्य स्वामित्वको तेल कम्पनी पीडीभीएसए (PDVSA) सँग अमेरिकी कम्पनीहरूले कारोबार गर्न पाउने गरी लाइसेन्स जारी गरेको हो। लाइसेन्सअनुसार तेल प्रशोधनसम्बन्धी गतिविधि पनि स्वीकृत गरिएको छ।

तेल क्षेत्रका कामदारलाई सम्बोधन गर्दै भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले उक्त सुधारलाई “ऐतिहासिक फड्को”को संज्ञा दिनुभएको छ। राष्ट्रपति ट्रम्पसँग टेलिफोन वार्तापछि उहाँले “हामी ऐतिहासिक कदम चाल्दैछौँ” भन्नुभएको थियो। सोही क्रममा ट्रम्पले भेनेजुएलाको हवाई क्षेत्र पुनः खोलिएको घोषणा पनि गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरी ३ मा भएको अमेरिकी कारबाहीमार्फत निकोलास मदुरोलाई सत्ताबाट हटाएपछि भेनेजुएलाका तेल क्षेत्र अमेरिकी लगानीकर्ताका लागि खोल्न दबाब दिँदै आउनुभएको थियो। ट्रम्पले मदुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई सत्ता सम्हाल्न समर्थन गर्दै विश्वकै सबैभन्दा ठूलो  तेल भण्डारमा अमेरिकी पहुँच सुनिश्चित गर्ने सर्त राख्नुभएको थियो।

रोड्रिगेजले विदेशी पुँजीको प्रवेशबिना संकटग्रस्त भेनेजुएलाली अर्थतन्त्र पुनर्जीवित हुन नसक्ने तर्क गर्दै अमेरिकी माग पूरा गर्न इच्छुक देखिनुभएको छ। बिहीबार पारित कानुनी सुधारले दुई दशकपछि अमेरिकी ऊर्जा कम्पनीहरू पुनः भेनेजुएलामा फर्कने बाटो खोलेको छ।

यसले सन् २००६ को त्यो कानुन संशोधन गरेको हो, जसअनुसार विदेशी लगानीकर्ताले पीडीभीएसएसएसँग संयुक्त उद्यम गर्नुपर्ने र राज्य कम्पनीको बहुमत स्वामित्व अनिवार्य गरिएको थियो। संसद्का सभामुख तथा कार्यवाहक राष्ट्रपतिको दाजु होर्जे रोड्रिगेजले यो सुधारले अमेरिकी प्रतिबन्धका कारण वर्षौंदेखि पीडित देशलाई पुनः उकास्न मद्दत गर्ने बताउनुभएको छ।

“यो दुःखपछि अब राम्रो समय आउनेछ,” भन्दै उहाँले उक्त कानुनलाई “इतिहास र भविष्यका लागि” भन्दै पारित गर्नुभएको थियो।

राष्ट्रपति ट्रम्पले अमेरिका अब भेनेजुएलाको मामिलामा “नियन्त्रणमा” रहेको दाबी गर्दै रोड्रिगेजले अन्तर्राष्ट्रिय बजार मूल्यमा लाखौँ ब्यारेल तेल बिक्रीका लागि हस्तान्तरण गर्ने बताउनुभएको छ। रोड्रिगेजले अमेरिकी बजारमा भएको पहिलो तेल बिक्रीबाट प्राप्त ३० करोड अमेरिकी डलर भेनेजुएलाको कमजोर मुद्रालाई सहयोग पुर्‍याउन प्रयोग गरिसकिएको जानकारी दिइएको छ।