२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

पूर्वप्रधानमन्त्री ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछः सचिव बस्नेत

पूर्वप्रधानमन्त्री ओलीमाथि व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछः सचिव बस्नेत
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यक्ति हत्या आरोप लगाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ ।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै सचिव बस्नेतले यस्तो बताउनुभएको हो ।

भदौ २३ गतेको जेन—जी आन्दोलनको क्रममा २३ जनाको मुत्यु भएको उल्लेख गर्दै उहाँले अध्यक्ष ओलीले प्रधमानमन्त्रीको हैसियतमा मृतकका परिवारलाई क्षतिपूर्ति दिने तथा शहीद घोषणा गर्ने निर्णय गरेको बताउनु भयो । २४ भदौमा संविधान र सुरक्षा निकायहरु नै हाइज्याक गरेर देशलाई ध्वस्त पार्ने षड्यन्त्र गरिएको उहाँको भनाइ छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै देशभरबाट १४ हजार कैदी भागेको टिप्पणी गर्नुभयो । उहाँले भागेकामध्ये दुई जना कैदीको मृत्यु हुनुका साथै दुई जना फरार कैदीले आमा र श्रीमतिको हत्या गरेको भन्दै यसको जिम्मेवारी सभापति लामिछानेले लिनुपर्ने जिकिर गर्नुभयो । उहाँले मुलुकमा आगजनी र लुटपातमार्फत भएको क्षतिको जिम्म लामिछानेसँगै बालेन्द्र साहले लिनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च गरिँदैछ । सेनाले भदौ २३ मा १९ जनाको मृत्यु भएको जानकारी दियो ।  अध्यक्षजूले आफूले प्रधानमन्त्रीको हैसियतमा ततकाल मन्त्रिपरिषद् बैठक बोलाएर मृतकका आफन्तलाई क्षतिपूर्ति दिने र उनीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेँ । भदौ २४ गते जब हाम्रो संविधान हाइज्याक गरियो, सेना, प्रहरी सबै हाइज्याक भए, युवाहरुको दिमाग नै हाइज्याक गरेर सिंहदरबार, सर्वोच्च अदालत लगायतका संवैधानिक संस्थाहरु जलाउने षड्यन्त्र गरियो भन्नुभएको छ । म यी साथिहरुर्ला सोध्न चाहन्छु बोलन आउ, बालेन नआउने भए रविजीलाई जेलबाट निकाल भन्ने को हो ? कसको स्टाटसले यीनि उकासिए । रवि १४ हजार कैदीसँगै आफू पनि निस्किए ? त्यसमध्ये १० जना कैदी मरे । दुई जनाले आमा र श्रीमति पनि मारे । त्यो १२ जना मारेको जिम्मा रवि लामिछानेले लिनुपर्छ । बालेनले लिनुपर्छ । यिनिहरुलाई उकास्ने राजीव खत्री, निश्चल बस्नेत र हिमेश पन्तले लिनुपर्छ । यीनका हिसावकिताव एक एक गरी हुन्छ ।’

उहाँले आन्दोलनको नाममा भएको ध्वंसको सबै हिसावकिताव गर्ने चेतावनी समेत दिनुभयो । उहाँले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको पनि टिप्पणी गर्नुभयो ।