२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

एमालेको चुनावी रणनीतिः फागुन पहिलो हप्तामा घोषणापत्र, नीतिगत बहस र विकासलाई मुद्दा बनाउँदै निर्णायक जितको लक्ष्य

एमालेको चुनावी रणनीतिः फागुन पहिलो हप्तामा घोषणापत्र, नीतिगत बहस र विकासलाई मुद्दा बनाउँदै निर्णायक जितको लक्ष्य
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताउनुभएको हो ।

निर्वाचनका लागि पार्टीको तयारी तिब्र पारेको बताउनु भयो । निर्वाचन आयोगको ढिलो कार्यतालिका र प्रचार समयसीमाका कारण अहिले मुख्य रूपमा आन्तरिक भेटघाट, संगठन मजबुती र उम्मेदवार छनोटको काम सकिएको उहाँले जानकारी दिनुभयो । पोखरेलले यो निर्वाचनलाई मुलुकको दिशा फेर्ने जनमत संग्रहको रूपमा हेर्दै पार्टीले नीतिगत बहस, सामाजिक एकता, पारिवारिक मूल्य संरक्षण र विकास आयोजना लाई प्रमुख मुद्दा बनाएको स्पष्ट पार्नुभयो । उहाँले व्यक्तिवादी वा सामाजिक सञ्जालमा आधारित पपुलिजमलाई चुनौती दिँदै चुनावलाई एजेण्डा र कार्यक्रमको बहस बनाउनुपर्नेमा जोड दिनुभयो ।

चुनावी तयारीः फाल्गुन पहिलो हप्तामा घोषणापत्र सार्वजनिक

निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि मात्र प्रचार कार्यतालिका दिएको छ । अहिले आन्तरिक भेटघाट र संगठनात्मक काम भइरहेको छ । फागुनको पहिलो हप्तामा चुनावी घोषणापत्र जारी गरेर उम्मेदवारहरू जनताका बीचमा पुग्ने उहाँले बताउनु भयो । एमालेले संस्थागत प्रक्रियामार्फत समानुपातिक र प्रत्यक्ष उम्मेदवार छनोट गरेको र अन्य दलहरूभन्दा व्यवस्थित रहेको उहाँको दाबी छ ।

नीति र एजेण्डामा आधारित चुनाव आवश्यकः व्यक्तिवादलाई अस्वीकार

लोकतन्त्र संवादको प्रणाली भएको भन्दै उहाँले चुनावलाई नीति र कार्यक्रम को बहस बनाउनुपर्नेमा जोड दिनुभयो ।
“व्यक्तिवादी वा अनुहारमा आधारित विकल्प लोकतान्त्रिक होइन। वास्तविक विकल्प एजेण्डा बाट निर्धारण हुन्छ, अनुहार पुरानो हो वा नयाँ हो भन्ने कुराले होइन ।” उहाँले स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा आधारित घृणा र पपुलिजम लोकतन्त्रको लागि ठूलो चुनौतीभएको बताउनु भयो ।

झापा ५ र दाङमा मजबुत आधारः जनताको विश्वास बढ्दो
झापा ५ का जनता जागरूक रहेको र पपुलिजमको प्रभावमा नपर्ने पार्टीको विश्लेषण छ । दाङमा विगतका गठबन्धन हुँदा पनि न्युन मतान्तरले हारेको स्मरण गर्दै यसपटक दाङले राष्ट्रिय राजनीतिमा निर्णायक भुमिका खेल्न शंकर पोखरेललाई जिताउने निष्कर्षमा जनता पुगेको उहाँले महशुस गर्नुभएको छ ।

दाङ फोरलेन सडकः एमालेको निर्णायक पहल

दाङको फोरलेन निर्माण भारतीय एक्सिम बैंकको ऋणमा जटिलता आएपछि पोखरेलले आफैंले मन्त्रालयसँग छलफल गरी नेपाल सरकारकै स्रोत बाट अघि बढाउने निर्णय गराउनुभएको थियो ।

“अहिले कामले गति लिएको छ, दंगालीहरू आशावादी छन् ।” उहाँले भन्नुभयो । यो परियोजनालाई गेम चेन्जर को रूपमा प्रश्तुत गरिएको छ ।

चुनावी आँकलनः एमाले पहिलो स्थानमा, लोकप्रिय मत ३०–३४ प्रतिशत पुग्ने

एमाले पहिलो स्थानमा आउने दाबी गर्दै पोखरेलले भदौ २३/२४ को घटनालाई हेर्ने दृष्टिकोणमा एमाले एक्लो तर बलियो रहेको विश्लेषण गर्नुभयो । “विगतमा २७ प्रतिशत लोकप्रिय मत थियो, यसपटक ३०–३४ प्रतिशत पुग्ने अनुमान छ । मत विभाजनले बहुमत वा लार्जेस्ट पार्टी बन्ने सम्भावना उच्च छ,” उहाँले बताउनु भयो । मुख्य प्रतिष्पर्धा काङ्ग्रेससँग रहेको र रास्वपाको प्रभाव जित्ने तहसम्म नपुगेको आँकलन छ ।

शहरी क्षेत्रमा रास्वपाको प्रभाव घट्दै

काठमाडौं जस्ता प्रमुख शहरहरूमा रास्वपाको शुरुवाती जोश अब कमजोर हुँदै गएको उहाँले बताउनु भयो । महासचिव पोखरेलकाअनुसार पार्टीको जन्म र उदय मुख्यतः शहरी युवा, शिक्षित तथा मध्यम वर्गको असन्तुष्टिबाट भएको थियो । बालेन साहको मेयर जित र रवि लामिछानेको लोकप्रियताले ठूलो प्रभाव पारेको थियो । तर हाल सहकारी ठगी जस्ता मुद्दा, संगठनात्मक कमजोरी र युवा मत फरक दिशामा जाने सम्भावनाले गर्दा शहरी मत घट्ने अनुमान छ । काठमाडौंमा रास्वपा अब प्रतिष्पर्धामा कमजोर वा छैन भन्ने विश्लेषण नै चलेको उहाँको भनाइ छ । जुन पार्टीको उद्गम स्थल भएको ठाउँमा अनौठो लाग्नसक्ने उहाँको भनाइ छ ।

ग्रामीण क्षेत्रमा रास्वपाको प्रभाव बढ्दै तर सिमित

ग्रामिण क्षेत्रमा भने रास्वपाको प्रभाव पहिलेको तुलनामा बढेको देखिएको उहाँले बताउनु भयो । पार्टीले गाउँगाउँमा संगठन विस्तार गरेको छ । युवा तथा स्थानीय असन्तुष्टिमा ध्यान दिएको छ र जागरण फैलाएको छ । मत प्रतिशतमा सुधार आउने सम्भावना छ । तर यो प्रभाव चुनाव जित्ने तहसम्म पुगेको छैन । संगठनात्मक कमजोरी, पुराना दलहरूको गहिरो जरा, स्थानीय नेटवर्कको अभाव र ग्रामिण मतदाताको परम्परागत बानीले गर्दा निर्णायक जित हासिल गर्न गाह्रो रहेको बताउनु भयो । उहाँकाअनुसार प्रभाव बढेको छ, तर जित्ने स्तरमा पुग्न अझै बाँकी छ ।

नेपाली काँग्रेसलाई कमजोर ठान्नु गल्ती

महासचिव पोखरेलले नेपाली काँग्रेसलाई प्रचार कम भएकै कारण कमजोर ठान्नु नहुने बताउनु भयो । यो देशको सबैभन्दा पुरानो पार्टी हो, जसको तल्लो तहका कमिटीहरूमा बलियो आधार छ । साइलेन्ट मतदाता (चुपचाप मत दिने, प्रचारमा नदेखिने तर निर्णायक हुने) को ठूलो हिस्सा काँग्रेसकै पक्षमा रहने अनुमान छ । हालका राष्ट्रिय सभा निर्वाचन जस्ता परिणामले पनि काँग्रेसको आधार प्रमाणित गरेको छ । शहरी क्षेत्रमा रास्वपा कमजोर हुँदा काँग्रेसले त्यहाँ फाइदा लिनसक्छ, ग्रामीणमा त यसको जरा पहिल्यै गहिरो छ । प्रचार कम गरे पनि संगठन र मतदाता आधारले काँग्रेसलाई मजबुत बनाइराख्छ ।