१९ श्रावण २०८३, मंगलवार
,
Latest
अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ अमेरिका–इरान वार्ता दाबी बाझिँदा ‘स्ट्रेट अफ होर्मुज’मा कार्गो जहाजमा प्रहार पच्चीस लाख बराबरको भन्सार छलीको सामान बरामद ग्यासको अभाव छैन : निगम भूमिहिनको झुटा विवरण पेस गरी जग्गा लिन खोज्नेलाई कानुनी कारबाही गरिने मृतक मेहताको परिवारलाई राहत र सहयोग गर्न राज्य प्रतिबद्ध मन्त्री चौधरीसँग युरोपेली सङ्घका नेपालका लागि राजदूत लोरेन्जोको भेट शैक्षिक परामर्श क्षेत्रको विकृति अन्त्य गर्न सरकार र व्यवसायीबीच सहकार्य हुनुपर्नेमा जोड रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान मानव सेवा आश्रमलाई बालबालिकाको तस्बिर/भिडियो प्रकाशन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित



अ+ अ-

कीर्तिपुर । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न सुपर सिक्स चरणको खेलमा बङ्गलादेशले स्कटल्यान्डमाथि ९० रनको फराकिलो जित हात पारेको छ ।

यसअघि नै महिला विश्वकप प्रतियोगिताका लागि छनोट भइसकेको बङ्गलादेशले आजको खेलमा छनोट प्रतियोगिताकै सर्वाधिक १९१ रन बनाएको थियो । जसमा कप्तान निगर सुल्तानाले अर्धशतकीय पारि खेल्दै ५६ रन बनाइन् भने शोभना मोस्तारीले ४७ र जुअरिया फरडोसले २२ रन जोडे ।

कठिन लक्ष्य पछ्याउने क्रममा स्कटल्यान्डले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्न बङ्गलादेशकी मारुफा अख्तरले तीन र सोर्ना अख्तरले दुई विकेट लिनुभएको थियो ।