३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

सरकारकै स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट कारखानामा देखियो व्यापक अनियमितता

सरकारकै स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट कारखानामा देखियो व्यापक अनियमितता
अ+ अ-

काठमाडौं । सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट कारखानामा व्यापक अनियमितता भएको पाइएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले कारखानामा कर्मचारी भर्ना तथा खरिद प्रक्रियामा अनियमितता भएको औंल्याएको हो । हेटौंडा सिमेन्ट उद्योग प्रालिका महाप्रबन्धक प्रेमशंकर सिंहले गैरकानुनी कार्य गरेको केन्द्रले जनाएको छ । हेटौंडा सिमेन्ट कारखानाले बर्नर चिफ तथा बर्नर पदमा शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई उद्योगको कर्मचारी सेवा सर्त नियमावलीको नियम ३.५.१ तथा नियम २.४.४ ग विपरीत भर्ना गरेको पाइएको हो ।

सतर्कता केन्द्रका अनुसार उद्योगको कर्मचारी सेवा नियमावलीअनुसार योग्यता नै नभएका व्यक्तिलाई नियुक्ति गरी अनियमितता गरिएको छ । कर्मचारी नियुक्ति गर्दा शैक्षिक योग्यता स्नातकोत्तर र सम्बन्धित क्षेत्रमा केही वर्ष काम गरेको अनुभव पेस गरेका आवेदक छनोटमा नपरी योग्यता नै नपुगेकाहरू छनोटमा परेको सतर्कता केन्द्रको ठहर छ । उद्योगले पहिलोपटक बर्नर पदमा चार जना करारमा पदपूर्ति गर्न सूचना प्रकाशित गरेर लामो समयसम्म छनोट प्रक्रियामा लगाए पनि सोबमोजिम कसैलाई पनि नियुक्ति नदिएको र त्यसपछि दुई पदका लागि मात्र सूचना प्रकाशित गरी मिलेमतोमा उद्योगकै पूर्वकर्मचारीलाई नियुक्ति दिई अनियमितता गरेको पाइएको हो ।

यसैगरी, बर्नर पदभन्दा चिफ बर्नर पदमा कम शैक्षिक योग्यता तोकिएर चिफ बर्नरमा बिनाऔचित्य शैक्षिक योग्यताको दायरा सानो बनाई मेकानिकल इन्जिनियर मात्रै राखेर प्रतिस्पर्धा सीमित गरी अनियमितता गरेको पाइएको हो । केन्द्रका अनुसार उद्योगको किल्न विभागका कर्मचारीको आव २०७५/७६ को तलब स्केलअनुसार हिसाब गर्दा करारमा आठौं तहसरह बर्नर पदमा नियुक्त भएका अनिरुद्रप्रसाद सिंहलाई समान तहको तलब स्केल ३७.१४ बढी र श्यामप्रसाद श्रेष्ठलाई ५७.१४ प्रतिशत बढी मासिक पारिश्रमिक तोकेर अनियमितता गरेको पाइएको छ ।

यसैगरी, चिफ बर्नरको पारिश्रमिक समान तहभन्दा १४२.२८ प्रतिशत बढी दिएर अनियमित किसिमले खर्च गरेको पाइएको केन्द्रले जनाएको छ । हेटौंडा सिमेन्ट कारखानाले खरिद प्रक्रियामा पनि व्यापक अनियमितता गरेको केन्द्रको ठहर छ । केन्द्रका अनुसार आव २०७४/७५ तथा आव २०७५/७६ मा क्रमशः १९ लाख २४ हजार ३ सय ४ र २४ लाख ५३ हजार ७ सय ३५ को वियरिङ खरिद गर्दा सार्वजनिक खरिद नियमावलीको पालना नगरी सोझै खरिद गरेको छ ।

सोमध्ये राज मेसिनरी स्टोर नामक एउटै फर्मबाट १० पटक गरेर ६ लाख ६५ हजार १ सय ७० रुपैयाँ खरिद गरेर अपारदर्शी कार्य गरेको ठहर केन्द्रले गरेको छ । सतर्कता केन्द्रले हेटौंडा सिमेन्ट कारखानाले कर्मचारी भर्ना र खरिद प्रक्रियामा अनियमितता गरेको भन्दै त्यस्तो कार्य रोक्न सरोकारवाला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ । केन्द्रले उद्योगलाई स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भर्ना नगर्न र गर्नुपर्ने भएमा संगठन सर्वेक्षण गरी दरबन्दी स्वीकृत गराएर मात्रै गर्न निर्देश गरेको छ ।

साथै, स्थायी पदको सुरु स्केलभन्दा बढी हुने गरी करारका कर्मचारीलाई तलब स्केल दिने व्यवस्था तत्काल बन्द गर्न निर्देशन दिएको छ । उद्योगलाई आवश्यक पर्ने मेसिनरीलगायत अन्य सामानको खरिद योजना, लागत अनुमान तयार गरी विगतको खर्चलाई समेत ध्यान दिई सार्वजनिक खरिद ऐन विपरीत नहुने गरी खरिद गर्ने व्यवस्था तत्काल मिलाउन निर्देशन दिएको सतर्कता केन्द्रले जनाएको छ । राजधानी दैनिकबाट