२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु



अ+ अ-

बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध न्यानो भएपछि एक दशकभन्दा बढी समयपछि बिहीबारदेखि दुई देशबीचको सीधा उडान पुनः सुरु भएको छ ।

भौगोलिक रूपमा १,५०० किलोमिटर (९३० माइल) भारतीय भूभागले विभाजित बङ्गलादेश र पाकिस्तान कुनै समय एउटै राष्ट्र थिए । सन् १९७१ मा भएको युद्धपछि उनीहरू विभाजित भएका थिए ।

सन् २०१२ देखि बङ्गलादेश र पाकिस्तानका यात्रुहरूले दुबई र दोहाजस्ता खाडीका विमानस्थल हुँदै उडानहरू भर्नुपरेको थियो।

राष्ट्रिय ध्वजाबाहक विमान बङ्गलादेश एयरलाइन्सले बिहीबार पाकिस्तानी शहर कराँचीका लागि उडान भरेको छ, जुन २०१२ पछि पहिलो नियमित उडान हो।

कराँची जाने १५० यात्रुमध्ये एक मोहम्मद शाहिदले हरेक दुई वा तीन वर्षमा एक पटक मात्र यात्रा गर्ने गरेकोमा अब आफू पहिलेको तुलनामा धेरै पटक स्वदेशको यात्रा गर्न पाउँदा खुसी भएको बताउनुभयो ।

“हामी यस्तो अवसरको पर्खाइमा थियौँ किनभने हामी निरन्तर यात्रा गरिरहेका थियौँ,” ढाकामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो, “पाकिस्तानमा धेरै मानिसहरू यहाँ आउनका लागि पर्खिरहेका छन्, र केही पाकिस्तान जानका लागि पर्खिरहेका छन्।”

अब सातामा दुई पटक सिधा उडान हुने भएको छ ।

बिमान कम्पनीले एक विज्ञप्तिमा जानकारी गराएको छ, “सिधा उडानको पुनः स्थापनाले ‘व्यापार र वाणिज्यलाई बढावा दिन, शैक्षिक आदानप्रदानलाई विस्तार गर्न र दुई देशहरू बीचको सांस्कृतिक सम्बन्धलाई बढावा दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

सन् २०२४ मा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले शेख हसिनाको १५ वर्षे निरङ्कुश शासन अन्त्य गरेपछि मुस्लिम बहुल राष्ट्र पाकिस्तानसँगको सम्बन्ध न्यानो भएको छ।
यही अवधिमा बङ्गलादेश र हसिनाको पुरानो सहयोगी भारतबीचको सम्बन्ध चिसिएको छ ।

नोभेम्बर २०२४ मा कराँचीबाट बङ्गलादेशको प्रमुख बन्दरगाह चटगाउँका लागि मालवाहक पानीजहाजहरू पुनः सञ्चलनमा आएका थिए ।

त्यसबेलादेखि दुई मुलुकबचिको व्यापार बढेको छ र सांस्कृतिक सम्बन्ध बढेको छ, लोकप्रिय पाकिस्तानी गायकहरूले ढाकामा प्रदर्शन गरेका छन् भने बङ्गलादेशी बिरामीहरू चिकित्सा हेरचाहको लागि पाकिस्तान गएका छन्।