२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलिया विरुद्ध पाकिस्तानले ब्याटिङ रोज्यो



तस्बिरः एपी
अ+ अ-

पाकिस्तान भ्रमणमा रहेको अस्ट्रेलिया र पाकिस्तान बीचको टी२० क्रिकेट शृंखला आजदेखि सुरु भएको छ ।

लाहोर क्रिकेट रंगशालामा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ रोजेको छ । पाकिस्तानका ओपनिङ ब्याटर शाहिबजादा फरहानलाई शून्य रनमै आउट गरेको अस्ट्रेलियाले पाकिस्तानमाथि सुरुमै दबाब सिर्जना गरेको थियो ।

तर एक विकेट क्षति भए पनि त्यसपछिका पाकिस्तानी ब्याटरहरुले सम्हालिएर खेल्न थालेका छन् । क्रिजमा रहेका सल्मान आघा र साइम आयूबले खेललाई पाकिस्तानको नियन्त्रणमा राखेर राम्रो स्कोरतर्फ टिमलाई अघि बढाएका छन् ।

पछिल्लो ताजा अवस्थामा पाकिस्तानले ६ ओभरको खेल समाप्त हुँदासम्म एक विकेटको क्षतिमा ५६ रन बनाएका छन् ।

यी दुई टिमबीच तीन वटा टी२० खेल हुनेछन् ।