२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहिम स्टर्लिङले चेल्सी छाडे, अनुबन्ध बिचमै तोडियो



अ+ अ-

चेल्सी फुटबल क्लबका महत्वपूर्ण फर्वार्ड रहिम स्टर्लिङ चेल्सीबाट आपसी सहमतिमा बिदा भएका छन् । क्लबसँगको सम्झौता अन्त्य गर्ने दुबै पक्षबिच सहमति भएसँगै उनले औपचारिक रुपमै चेल्सी छाडेका हुन् ।

३१ वर्षीय स्टर्लिङको सम्झौता अवधि अझै १८ महिना बाँकी थियो र उनी हप्ताको तीन लाख २५ हजार पाउन्ड तलब लिँदै आएका थिए।

सन् २०२२ मा म्यानचेस्टर सिटीबाट चार करोड ७५ लाख पाउन्डमा चेल्सी आएका स्टर्लिङ तीन वर्षभन्दा बढी समय स्ट्यामफोर्ड ब्रिजमा बिताएपछि क्लब छोड्दैछन्।

चेल्सीले विज्ञप्तिमा भनेको छ, “रहिमले चेल्सीका लागि खेलेका बेला पुर्‍याएको योगदानका लागि हामी धन्यवाद दिन्छौं र उनको करियरको आगामी चरणका लागि शुभकामना व्यक्त गर्दछौं।”

इंग्ल्यान्डका यी अन्तर्राष्ट्रिय खेलाडीले चेल्सीका लागि ८१ खेल खेलेका छन्, तर मे २०२४ यता उनले क्लबका लागि कुनै प्रतिस्पर्धात्मक खेल खेलेका थिएनन्।

केही अघिदेखि नै युभेन्टस र बायर लेभरकुसेनसहित केही क्लबहरूले स्टर्लिङलाई भित्र्याउने प्रयास गरे पनि सम्झौता टुंगो लाग्न सकेन। फुलह्यामसँग सम्भावित सम्झौता पनि सफल हुन सकेन।

लिभरपुलबाट व्यावसायिक करियर सुरु गरेका र हालसम्म १३ उपाधि जितिसकेका स्टर्लिङ लण्डनमै बस्न चाहन्छन्, तर स्वदेश वा विदेश जहाँसुकै खेल्न खुला रहेको बुझिएको छ। एजेन्सी