९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरो अङ्कले घट्यो नेप्से



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक झण्डै १६ अङ्कले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.९५ विन्दुले घटेर एक हजार २९७.४७ मा झरेको छ ।

एक हजार ३०० को विन्दुमाथि पुगेको बजार आजको ओरालो यात्रासँगै एक हजार २०० को विन्दुमा झरेको हो । यस्तै सेन्सेटिभ परिसूचक ३.५९ ले घटेर २७८.७२ मा पुगेको छ । नेप्सेले ओरालो यात्रा तय गरे पनि कारोवार रकम भने सवा अर्ब माथि रहेको छ । कूल १७२ कम्पनीको ३७ लाख ५४ हजार ५२१ कित्ता शेयर रु एक अर्ब ३८ करोड ४२ लाख नौ हजार ४१२ मा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने १० उपसमूहको शेयर ओरालो लागेको छ । अन्य १.७२ र जीवन बीमा ४०.८८ ले बढ्दा बैंकिङ २१.२३, व्यापार ११.६६, होटल ३२.५६, विकास बैंक १९.२७, जलविद्युत् १५.५२, वित्त ७.२६, निर्जीवन बीमा ६६.६२, उत्पादन १२.५४, लघुवित्त १४.९८ र सामूहिक लगानी कोष ०.०२ ले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १८ करोड ४२ लाख ९८ हजार ८७१ बराबरको कारोवार भयो । यस्तै ग्लोबल आइएमइ बैंक रु १५ करोड ५६ लाख ९७ हजार ४३५, नेपाल बैंक रु पाँच करोड ८५ लाख ८१ हजार ४९५, शिखर इन्स्योरेन्स रु पाँच करोड ४९ लाख ५६ हजार ३५५, नेको इन्स्योरेन्स रु चार करोड ६२ लाख ९३ हजार २५४, सूर्या लाइफ इन्स्योरेन्स रु तीन करोड ८५ लाख ९५ हजार ९९२ र गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु तीन करोड ८२ लाख ७७ हजार ६८९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार सिनर्जी पावर ९.४७, मिथिला लघुवित्त ४.८०, कञ्चन डेभलपमेन्ट बैंक ४.०७, समृद्धि फाइनान्स ३.९६, नेरुडे लघुवित्त विकास बैंक ३.९१ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१३ प्रतिशतले कमाए । त्यस्तै, सिद्धार्थ इक्विटी फण्ड ६.९६, मन्जुश्री फाइनान्स ५.६०, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, आशा लघुवित्त वित्तीय संस्था ४.४७, पञ्चकन्या माई हाइड्रोपावर ४.३० र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाए ।