९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछाने अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको देब्रे खुट्टामा लागेको चोटका कारण अस्पताल भर्ना हुनु भएको छ ।

लामिछाने हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ। लामिछानेक स्वकीय सचिव अविनाश आचार्यका अनुसार माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा लागेको चोटपछि संक्रमण बढेपछि उहाँ हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ। उहाँको छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) भएको जनाईएको छ ।

अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गरिनु आवश्यक भएको जनाइएको छ।

पूर्ण उपचार र स्वास्थ्य लाभपछि मात्र उहाँ पुन: नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने उहाँको सचिवालयले जनाएको छ ।

सभापति लामिछाने सार्वजनिक रूपमा नदेखिनु भएको विषयमा चासो, चिन्ता तथा शुभेच्छा व्यक्त गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिएको छ।

साथै, अन्य बिरामीको उपचार प्रक्रियामा असर नपरोस् र अस्पताल प्रशासनलाई असहज नहोस् भन्ने उद्देश्यले अस्पतालमा भेटघाट नगर्न पार्टीले सबैमा अनुरोध गरेको छ।