१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग

रौतहटमा कुष्ठरोगका बिरामी बढ्दो क्रममा

रौतहटमा कुष्ठरोगका बिरामी बढ्दो क्रममा
फाइल फोटो
अ अ+ अ-

रौतहट। पछिल्लो समय रौतहटमा कुष्ठरोगी बढेका छन् । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लस्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सोमबार यहाँ आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्लामा पछिल्ला समय कुष्ठरोगी बढेका जानकारी दिइएको हो ।

‘कुष्ठरोग छ ओखती, सामाजिक लाञ्छना र विभेद् मुख्य चुनौती’ भन्ने मूल नाराका साथ आयोजित अभिमुखीकरण कार्यक्रममा द लेप्रोसी मिसन नेपालका स्रोतव्यक्ति राजकुमार साहले विगतको तुलनामा पछिल्लो समय यहाँ कुष्ठरोगका बिरामी बढेका बताउनुभयो । उहाँका अनुसार आव २०८१/८२ र चालु आवको साउनदेखियता रौतहटमा १६७ जना कुष्ठरोगी भेटिएका हुन् । साउनदेखियता मात्रै ३२ जना नयाँ बिरामी फेला परेका उहाँले जानकारी दिनुभयो ।

सबैभन्दा बढी यमुनामाई गाउँपालिका, कटहरिया र माधवनारायण नगरपालिकामा कुष्ठरोगी देखापरेका स्रोतव्यक्ति साहले जानकारी दिनुभयो । “कुष्ठरोगका बिरामी दुई किसिमका हुन्छ । एक किसिमका बिरामीले छ महिना औषधि सेवन गर्नुपर्छ भने अर्को किसिमका बिरामीले एक वर्ष औषधि सेवन गर्नुपर्ने हुन्छ ।”

कुष्ठरोगीको उपचार पालिकास्तरीय स्वास्थ्य संस्थामा उपलब्ध हुने जनाउँदै स्रोतव्यक्ति साहले औषधि उपचारका लागि समस्या नभएका सङ्का लागेका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा गई उपचार गर्न आग्रह गर्नुभयो ।

समयमै पहिचान र नियमित औषधि सेवनले कुष्ठरोग पूर्ण रूपमा निको हुने स्वास्थ्य कार्यालय प्रमुख राजेश सिंहले बताउनुभयो ।

उहाँले कुष्ठरोगबारे अझै समाजमा गलत धारणा र डरत्रास कायम रहेकामा जनचेतनाका माध्यमबाट सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस