९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चलचित्र ‘परिवर्तन’ले मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको छ’



अ+ अ-

काठमाडौँ । यही माघ ९ गतेदेखि प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘परिवर्तन’ ले मनोरञ्जनसँगै देश परिवर्तनको विषयलाई उठान गरेको कलाकारहरूले बताएका छन् ।

काठमाडौँ उपत्यकाका चलचित्र भवनमा दर्शक प्रतिक्रिया लिन पुग्नुभएका अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीले चलचित्र हेर्नुभएका दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको बताउनुभयो ।

अभिनेता श्रेष्ठले द्वन्द्वका दृश्यमा गरिएको मेहनतको प्रशंसा हुँदा छायाङ्कनको दुःखलाई बिर्साएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चलचित्रको कथासँगै द्वन्द्वमा निकै मेहनत गरेका थियौँ । हाम्रो सीमित स्रोत र साधनले गरिएको कामले कस्तो प्रतिक्रिया पाउने हो भन्ने लागेको थियो, दर्शकको प्रतिक्रियाले मेहनतको फल पाएँ झैँ लागेको छ । यसले देशको अहिलेको परिस्थितिलाई पनि चित्रण गरेको छ ।”

उहाँले समसामयिक विषयलाई चलचित्रको कथा बनाइएको जानकारी दिनुभयो । चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचेलगायत कलाकारले अभिनय गर्नुभएको छ । दीपक सिवाकोटीले निर्माण गर्नुभएको उक्त चलचित्रमा पटकथा तथा संवाद शिवम् अधिकारीले लेख्नुभएको छ ।