९ असार २०८३, मंगलवार
,
Latest
‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लू रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नं. ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ। सर्लाही क्षेत्र नं. ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गर्नुभयो।

सभापति थापाका अनुसार आफूले यसअघि तीन पटक चुनाव जितिसक्नुभएको थियो र काठमाडौं–४ मा उम्मेदवारी दिँदा सहज अवस्था थियो। ‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुङ्गो नलागेसम्म अन्य प्रतिस्पर्धी दलहरूले उम्मेदवार नै खोज्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘मैले काठमाडौंमा नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवारी दर्ता भयो।’

उहाँले आफू सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको दाबी गर्नुभयो। यस सन्दर्भमा उहाँले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गर्नुभयो।

‘मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर म आफैँले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ। म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ।’

कांग्रेसको सभापति भएपछि मधेशलाई जोड्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति थापाले पार्टीको भविष्य मधेशसँग गाँसिएको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने स्पष्ट बुझाइमा पुग्नुभएको छ।

सभापति थापाको यो भनाइलाई कांग्रेसको रणनीति र मधेस केन्द्रित राजनीतिक विस्तारसँग जोडेर हेरिएको छ।