१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार



अ+ अ-

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेको सङ्ख्या आजसम्म देशभरबाट तीन हजार ४०६ जना छन् ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार दर्ता गराएका उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन् । उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन्भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन् । त्यसैगरी ६१ वर्षभन्दा माथिका चार सय २५ जना छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज दिउँसो आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिनुभएको थियो ।

उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबीविरोधको समय दिइएको छ ।

समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते दाबीविरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ । रासस