११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस बदल्यौँ, अब देश बदल्छौँः सभापति थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले समयानुसार कांग्रेस बदलेको र अब देश बदल्ने प्रतिबद्धता गर्नुभएको छ ।

केन्द्रीय कार्यालयमा आज पद बहाल गरेपछि उहाँले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ प्रतिबद्धता जनाउनुभएको हो ।

“यही सङ्कल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौँ, हामी । हाम्रो केवल एक ध्येय छ– देशको समुन्नति,” सभापति थापाले उल्लेख गर्नुभएको छ । आजै बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले परिवर्तित समयलाई सम्बोधन गर्दै जनताको चाहना र भावनाअनुरूप निर्वाचनमा होमिने निर्णय गरेको छ ।