२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर

कांग्रेस चितवन सभापतिमा ६ जना चुनावी मैदानमा

कांग्रेस चितवन सभापतिमा ६ जना चुनावी मैदानमा
अ अ+ अ-

चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।  

यही पुस २७ गते जिल्ला अधिवेशन हुँदै छ । जिल्ला उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरेले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुट्नु भएको छ । 

कांग्रेसको क्षेत्र नं २ का महाधिवेशन प्रतिनिधि राजेश्वर खनाल र क्षेत्र नं ३ का विजय भुषालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुट्नु भएको छ । जिल्लामा पूर्व संस्थापन समूहको प्रभाव बढी छ । अधिकांश सभापतिका उम्मेदवार पूर्व संस्थापन निकट मानिन्छन् । 

जिल्लामा वडा अधिबेशनबाट दुई हजार ९०६ क्षेत्रीय प्रतिनिधि छन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार क्रियाशील सदस्यको आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन् ।  

उहाँका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उहाँले जानकारी दिनुभयो । जिल्ला समिति सभापतिसहित ५० जनाको हुने छ । जिल्लामा तीन क्षेत्र छ । देशमानै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पर्दछ । 

यसअघि अधिवेशन हुने भनिए पनि विभिन्न कारण देखाउँदै निर्वाचन अधिकृतले राजीनामा दिएपछि निर्वाचन हुनसकेको थिएन । यसै जिल्लाबाट नेपाली कांग्रेसको स्थापनापछि पहिलो पटक पाँच जनाले केन्द्रीय सदस्यमा निर्वाचित हुने अवसर प्राप्त गर्नुभएको छ । यसअघि जिल्लाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुन कोही सकेको थिएन ।