३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक बढेपनि सेन्सेटिभ घट्यो



अ+ अ-

काठमाडौं । मंगलबार शेयर बजारमा नेप्से परिसूचक बढेपनि सेन्सेटिभ परिसूचक घटेको छ । कारोबार रकम १ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ । बजारमा लगानीकर्ताको मनोवल परिवर्तन भइरहदा परिसूचकमा उतारचढाव देखिएको छ । तर बजार बुलिस ट्रेण्डमा रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको विश्लेषकको भनाई छ ।

मंगलबार नेप्से परिसूचक बढेको छ तर सेन्सेटिभ परिसूचक घटेको छ । यसको अर्थ नेप्सेले ‘क’ वर्गमा राखेका कम्पनीहरुको भन्दा अन्य कम्पनीहरुको प्रभाव बजारमा सकारात्मक देखिएको छ भन्ने हो । लगानीकर्ताको आकर्षण कम मूल्य भएका शेयरमा हुँदा बजारमा उतारचढाव देखिएको विश्लेषकहरुको भनाई छ । त्यस्तै अधिकांश कम्पनीले लाभांश वितरण गरिसकेकाले पनि बजारमा ठुलो उतारचढाव नदेखिएको विश्लेषण गर्न सकिन्छ । त्यस्तै बैंकको ब्याजदर तल झरेकाले बजारलाई टेवा पु¥याएको छ । त्यस्तै नेपाल राष्ट्र बैंकले सवारीसाधन तथा घरजग्गा कर्जामा केही कडाई गरेकाले पनि बजार माथि आएको विश्लेषण गरिएको छ । तर शेयर विश्लेषक विष्णुप्रसाद बस्यालले ब्याजदर र कर्जाको विषयले अल्पकालमा असर गरेपनि लगानीकर्ताले दिर्घकालमा यसको असर कस्तो पर्छ भन्ने हेरिरहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरुहरु सकारात्मक हुँदै गएकाले बजारमा सकारात्मक असर परेको बताउनुभयो । त्यस्तै सरकारका नीतिहरु पनि आइसकेको र अवको एक वर्ष पछिको अर्थतन्त्रको अवस्थालाई हेरेर लगानीकर्ताले कारोबार गरिरहेकाले नेप्से बढेको र केही वर्ष बढ्दो अवस्थामा नै नेप्से रहने उहाँले बताउनुभयो ।

शेयर विश्लेषक बस्यालले शेयर बजारको इतिहासमा ४० देखि ४३ महिनाको घट्दो बजार हुँदा ५० देखि ५२ महिना बढ्दो बजारको अवस्था रहेको देखिएको बताउनुभयो । बजारको इतिहास दोहोरिन्छ भन्ने मान्यता अनुसार यसपटक करिब ४१ महिनाको घट्दो बजारको ट्रेण्ड पुरा गरी बजारले बढ्दो ट्रेण्ड समाएको स्पस्ट भइसकेको विश्लेषक बस्यालले बताउनुभयो । उहाँले अवको ५० महिनाको अवधि बढ्दो ट्रेण्डमा हुने प्राविधिक विश्लेषण गर्न सकिने अवस्था रहेको समेत दावी गर्नुभयो । त्यसका लागि अर्थतन्त्रका सूचकहरुले समेत साथ दिएको उहाँले बताउनुभयो ।

बाजर बढ्दो ट्रेण्डमा देखिएपनि लगानीकर्ताहरु भने अझै ढुक्क हुन सकेका छैनन् । यसको असर नेप्से परिसूचकमा देखिएको छ । त्यसैले मंगलबार नेप्से उतारचढावका बीच ५ दशमलव ५२ अंकले बढेको छ । नेप्सेमा उतारचढाव देखिएपनि नकारात्मक भने देखिएन्। सेन्सेटिभ परिसूचक भने शुन्य दशमलव ४८ अंकले घटेको छ । परिसूचकहरुमा उतारचढाव देखिएपनि कारोबार रकम १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८ सय ५ रुपैयाँ बराबरको भएको छ । कारोबारमा आएका समुह मध्ये बैंकिङ, व्यापार, होटल, जलविद्युत समुहका सूचकहरु घटेका छन् । ग्लोबल आइएमई बैंकको शेयरमा लगानीकर्ताको आकर्षण मंगलबार पनि देखिको छ । यो बैंकको ९ करोड ९५ लाख ८५ हजार ३ सय ६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । तर सबैभन्दा बढी शिखर इन्स्योरेन्सका शेयरधनीले ८ प्रतिशतले कमाएका छन् । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका शेयरधनीले भने सबैभन्दा बढी ४ दशमलव ३५ प्रतिशतले गुमाएका छन् ।




भर्खरै