१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

डीडीसीमा डेढ करोड घोटाला

डीडीसीमा डेढ करोड घोटाला
अ अ+ अ-

काठमाडौं। कहिले नेतालाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण त कहिले दूधमा भ्रष्टाचार गरी अनियमिततामा मुछिरहने दुग्ध विकास संस्थान (डीडीसी) बाट पछिल्लो समयमा डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब भएको छ। पछिल्लोपटक डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार पाँच सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो। डीडीसीको आन्तरिक लेखा परीक्षण विभाग (आलेप) ले भौतिक मौज्दात परीक्षण गरी प्रतिवेदन बुझाएको दुई महिना बितिसक्दा पनि दोषी कर्मचारीमाथि कारबाही गर्नुको साटो पुरस्कृत गरिएको छ।

डीडीसीले अध्ययन प्रतिवेदनसमेत गुपचुप राखेको छ। डीडीसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ (फ्याट) गायब पारिएको छ। यस्तै सोही आयोजनाबाट ९४ लाख ८७ हजार पाँच सय मूल्यको १६ हजार पाँच सय किलो धुलो दूध तथा सात लाख ७५ हजार मूल्यको नौ सय किलो तयारी घिउ हिनामिना भएको छ। अर्धतयारी घिउको बजार मूल्य प्रतिकिलो आठ सय रुपैयाँ, ठोस पदार्थको प्रतिकिलो पाँच सय ७५ र तयारी घिउको बजार मूल्य करिब आठ सय ५० रुपैयाँ पर्छ।

डीडीसीका महाप्रबन्धक बैकुण्ठ अधिकारीले समेत बालाजु आयोजनाबाट ‘केही उत्पादन ठूलो परिमाणमा कमी भएको’ अवस्थामा फेला परेको स्वीकार गरे। ‘आन्तरिक लेखा परीक्षण विभागले बालाजु आयोजनाको भौतिक परीक्षण गर्दा पछिल्लो समयमा केही उत्पादन स्टकमा देखिएभन्दा भौतिक परीक्षणमा कमी भएको फेला परेको हो,’ महाप्रबन्धक अधिकारीले भने, ‘आलेपको प्रतिवेदन शतप्रतिशत सही छ। यसैका आधारमा हामी थप छानबिन गर्दै छौं।’ अधिकारीले बालाजु आयोजनाबाट उत्पादन गायब भएको स्वीकार गरे पनि उत्पादन गायब भएको समयमा कार्यरत बालाजु आयोजना प्रमुख राजेन्द्र अधिकारीमाथि कारबाहीका विषयमा भने टालटुले जवाफ दिए।

उनले भने, ‘उत्पादन कम भएको कारण खोतल्दै छौं। कारण पत्ता लागेपछि कारबाही प्रक्रिया हेरौंला।’ चार वर्षअघि यस्तै प्रकृतिको घटना जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरमा भएको थियो। तत्कालीन आयोजना प्रमुख महेन्द्र यादवको कार्यकालमा ४१ लाख मूल्य बराबरको केही उत्पादन गायब पारिएको प्रतिवेदनका आधारमा तत्कालै यादवबाट ४१ लाख रुपैयाँ असुल गर्नुका साथै उनको ग्रेड घटुवा गरी कारबाही गरिएको थियो।

डीडीसी स्रोतका अनुसार नियमअनुसार आयोजना प्रमुखको सरुवा अन्यत्र भएपछि उनी नयाँ स्थानमा जानुअघि आफ्नो कार्यकालमा भएका सम्पूर्ण आर्थिक गतिविधि, भौतिक सम्पत्ति र उत्पादनका विषयमा लेखा परीक्षण गराएर सरुवा भएर आउने नयाँ प्रमुखलाई बरबुझारथ गर्नुपर्छ। ‘तर आयोजना प्रमुख अधिकारी बालाजुबाट लैनचौरमा सरुवा हुँदा आफ्नो कार्यकालमा भए गरेका कुनै पनि विषयमा लेखापरीक्षण गराएनन्, न त नयाँ आएका प्रमुखलाई बरबुझारथ नै गरे। सोझै लैनचौरमा हाजिर भए,’ डीडीसी स्रोतले भन्यो।

स्रोतका अनुसार लैनचौरस्थित केन्द्रीय कार्यालयलाई शंका लागेपछि आलेप विभागका प्रमुख ध्रुवप्रसाद भट्ट र सहायक लेखा अधिकृत कमलप्रसाद दाहाल, सन्तोष आचार्य र सीताराम सुवेदी रहेको टोली परिचालन गरिएको थियो। सोही टोलीले अध्ययन गर्दा विभिन्न प्रकारको उत्पादन गायब भएको खुलेको हो।

बालाजु प्रमुख अधिकारीलाई कारबाहीको साटो डीडीसीले बढुवा गरेर लैनचौरमा उपमहाप्रबन्धक बनाएको छ। अधिकारीको स्थानमा बालाजु आयोजनाको मर्मत शाखामा कार्यरत तीर्थ महर्जनलाई प्रमुखको जिम्मेवारी दिइएको छ। यस विषयमा तत्कालीन बालाजु प्रमुख अधिकारीसँग अन्नपूर्णले पटक/पटक प्रयास गर्दा पनि सम्पर्कमा आउन चाहेनन्। अन्नपुर्णपोष्ट दैनिकबाट