१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

कोरोना भाइरस: मित्रराष्ट्रको साथ खोज्दै चीन

कोरोना भाइरस: मित्रराष्ट्रको साथ खोज्दै चीन
अ अ+ अ-

चीनले बेइजिङमा रहेका कूटनीतिज्ञलाई नोवेल कोरोना भाइरस नियन्त्रणका लागि आफ्नो नीतिप्रति समझदारी राखिदिन आग्रह गरेको छ। विदेश मन्त्रालयले बेइजिङस्थित नेपालसहित विभिन्न मुलुकका राजदूतहरूलाई कोरोना भाइरस नियन्त्रणबारे अपनाइएको नीतिबारे विस्तृत जानकारी दिँदै यस्तो अपिल गरेको हो। चिनियाँ पक्षले भ्रमपूर्ण समाचार वा सूचनासँग सावधान रहन, कोरोना भाइरस संक्रमणका सम्बन्धमा आधिकारिक सूचना मात्र सामाजिक सञ्जालमार्फत प्रवाह गर्न आह्वान गरेको छ।

चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरूले चीनमा रहेका राजदूत तथा विदेशी कूटनीतिज्ञहरूलाई नोवेल कोरोना भाइरसको नियन्त्रणसम्बन्धमा जानकारी गराएका थिए। चीनले कोरोना भाइरस नियन्त्रणका लागि उहानलगायतका सहरमा विशेष कदम चालेको छ। यसैबीच चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले उहानमा रहेका नेपालीको सुरक्षा सम्बन्धमा छलफल गरेका छन्।

उनले संक्रमण नियन्त्रणका लागि चीन सरकारले चालेको कदमप्रति नेपालको समर्थन रहेको प्रस्ट पारेका छन्। उनले हुपै प्रान्तको उहानमा रहेका नेपालीको सुरक्षाका लागि सहयोग उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्। चीनले हुपै प्रान्तमा रहेका विदेशीलाई स्वदेश फर्काउन नयाँ नीति जारी गरेमा तत्काल जानकारी गराइने राजदूत पौड्यालले बताए।

दूतावासमा हटलाइनको व्यवस्था:उहानमा रहेका नेपालीले कुनै समस्या आइपरेका बेइजिङस्थित नेपाली दूतावासको हटलाइनमा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। दूतावास अधिकारी ‘विच्याट’ मार्फत विभिन्न प्रान्त र सहरमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा छन्। दूतावासले नेपाल सरकार तथा चीन सरकारका सम्बन्धित निकायसँग नियमित सम्पर्कमा रहेको जनाएको छ। भाइरस संक्रमण नियन्त्रणका लागि चीन सरकारको सुझाव पालना गर्न, कुनै समस्या उत्पन्न भएमा दूतावास वा हुपै सरकारको हटलाइनमा सम्पर्क गर्न नेपाली दूतावासले अपिल गरेको छ।

जोखिम क्षेत्रमा विशेष चासो:चीन नोवल कोरोना भाइरसको प्रकोपविरुद्ध युद्धस्तरमा जुटेको छ। चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ। यस्तै ४५ हजार ५ सय ३० जनामा संक्रमण भएको छ। तीमध्ये ६३ जनाको उपचार भइसकेको छ। हुपै प्रान्तको उहानमा विशेष कदम चालिएको छ। प्रधानमन्त्री ली खछ्याङ निरीक्षण र निर्देशन दिन ऊहान पुगेका छन्। यस्तै १० र १४ दिनमा तयार हुने गरी हजार र १३ सयको शड्ढयाका दुई मोबाइल अस्पताल निर्माण भइरहेको छ। अति जोखिम क्षेत्रमा विभिन्न क्षेत्रबाट चार हजारभन्दा बढी चिकित्सक तथा नर्स खटिएका छन्।

चीनले भाइरस उद्गमस्थल उहानसँगै आसपासका जोखिमपूर्ण सहरमा भाइरस फैलन नदिन आवागमन बन्द गरेको छ। चीन र अरू देशमा भेटाइएका संक्रमित प्रायः उहानवासी थिए। उहानबाट फर्केका नेपाली, जर्मन र श्रीलंकाली पनि संक्रमित भएका छन्। उहान सहरमा सयभन्दा बढी नेपाली छन्। हुपै प्रान्तको चिङचौ सहरमा ६० जना नेपाली अध्ययनरत छन्।

चीनमा रहेका विदेशी आआफ्ना दूतावास र नियोगबाट एयरलिफ्टको व्यवस्थाको पर्खाइमा छन्। संयुक्त राज्य अमेरिकाले उहानस्थित आफ्नो नियोग अस्थायी रूपमा बन्द गरेर आफ्ना नागरिकको उद्धार गर्ने भएको छ। फ्रान्स र जापानले उहानमा रहेका नागरिकलाई लैजाने भएका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट