१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

हिउँ छिचोल्दै सडक खुलाउने प्रयास

हिउँ छिचोल्दै सडक खुलाउने प्रयास
अ अ+ अ-

मुगु । हिमाली जिल्ला मुगु जोड्ने नाग्म–गमगढी सडक खण्ड एक महिनादेखि बन्द भएको छ । गत १७ पुसमा कर्णालीमा दोस्रोपटक परेको बाक्लो हिमपातले उक्त सडक अवरुद्ध भएको हो ।बाक्लो हिमपातले नाग्म–गमगढी सडक खण्डको भुलबुले–घुच्ची, सात मोड–झाड नाउलामा चार फिटसम्म हिउँ जमेपछि नाग्म–गमगढी सडक महिना दिनदेखि बन्द भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । पहिलोपटक गत २८ मंसिरमा परेको हिमपातले पनि उक्त सडक बन्द भएको थियो । बन्द सडकलाई एक सातापछि डोजर लगाई खुलाइएको थियो ।

अहिले पुनः परेको हिउँले सडक बन्द भएको सडक डिभिजन कार्यलय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार एक महिनादेखि हिमपातले बन्द सडक खुलाउने प्रयासमा सडक डिभिजन लागिपरेको छ । भन्डारीले भने, ‘पाँच दिनदेखि हिउँ पन्छाउन डोजर प्रयोग गरेका छौँ, बाक्लो हिमपातले जमिन नछोडे पछि हिउँ पन्छाउन समस्या भएको छ । मौसममा सुधार आए र यस्तै कामको गतिमा डोजरले हिउँ पन्छाउँदै गएमा नाग्म–गमगढी सडक एक साताभित्र सञ्चालनमा आउनेछ ।’

हिउँदमा हिउँ वर्षामा हिलो: नाग्म–गमगढी सडक खण्डमा हिउँदमा हिमपातले र वर्षामा पानीले अवरुद्ध हुने गरेको छ । ०६९ साल १ पुसमा मुगु सडक सञ्जालमा जोडिएको भए पनि हालसम्म सडकको स्तरोन्नति नहुँदा यो सडक खण्ड वर्षको चार महिनामात्र सवारी साधन चल्ने गरेका छन् । सडक खुलेको लामो समय भइसक्दा पनि सडकका न्यूनतम मापदण्ड ग्राभेल, ढल, कल्भड, व्यवस्थित नहुँदा हिउँदमा हिउँले र वर्षामा पानीले सडक बन्द हुने गरेको उद्योग वाणिज्य संघ मुगुका उपाध्यक्ष रत्नसिंह मल्लले बताए ।

वर्षको आठ महिनासम्म सडक बन्द हुँदा व्यापारीलाई व्यवसाय गर्न पनि समस्या हुने गरेको छ । उपभोक्ताले खोजेको सामान समयमै उपलव्ध गराउन व्यापारीहरूलाई मुस्किल हुने गरेको छ । सडकको नाममा राजनीतिक खिचातानीले व्यापारी, सर्वसाधारण मर्कामा परेका छन् । सडक बन्द हुँदा स्थानीय तहका विकास निमार्णका काम पनि प्रभावित भएका छन् । स्थानीय तहका पुल, पुलेसा बत्तीका सामान ढुवानीमा समस्या भएको र काम पनि अधुरै रहेका स्थानीय तहले बताएका छन् ।

त्यस्तै मुगु जिल्लाको खत्याड गाँउपालिका जोडने गोठीजिउला–कालाकाँडा–गम्था सडक खण्ड पनि अवरुद्ध छ । अवरुद्ध भएको सडक दुई महिना हुँदा पनि सरोकारवाला निकायहरू सडक खुलाउनमा मौन रहँदा यो गाउँपालिकाका स्थानीय बजारहरू रातापानी, माझचौर, राउतडी, सेरी र पाँचे बजारमा दैनिक उपभोग्य तथा निर्माण सामग्रीको अभाव बढ्दै गएको छ । यो खण्डमा बाक्लो हिउँ जमेर सडक अवरुद्ध भई यातायातका साधनहरू चल्न नसक्दा स्थानीय व्यापारी तथा सर्वसाधारण सास्ती भोग्दै आएका छन् ।

स्थानीय व्यापारी लोकराज दाहाल सडक अवरुद्ध भएको लामो समय हुँदा पनि सडक डिभिजन तथा गाउँपालिकाले सडक खुलाउन कुनै प्रयास नगर्दा आपूmहरू मर्कामा परेको बताउँछन् । यो गाउँपालिकामा पनि जिल्लाका अन्य स्थानीय तहहरूझैं विकास निर्माणका काम सुरु हुन सकेका छैनन् । निर्माण सामग्रीहरू स्थानीय बजारमा उपलब्ध नहुँदा विकास निर्माणका कामहरू अवरुद्ध भएका हुन् । सौर्य दैनिकबाट