२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो

चिडियाखानालाई थप व्यवस्थित रुपमा विकास गर्न आवश्यकता छ : मेयर महर्जन (भिडियो सहित)

चिडियाखानालाई थप व्यवस्थित रुपमा विकास गर्न आवश्यकता छ : मेयर महर्जन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ । कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो । 

उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताउनु भयो । उहाँले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताउनु भयो । मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विकास गर्न सकिन भने पनि जुन रुपमा चलेको छ त्यही रुपमा राख्न सक्नु पर्ने बताउनुभयो । मेयर महर्जनले भन्नुभयो,‘ ललितपुर महानगरपालिका ललित कलाले भरिएको सम्पदा सहर हो । यहि महानगरमा देशको एउटा मात्रै चिडियाखाना पर्छ । चिडियाखानले ललितपुर महानगरको शिर उच्च बनाएको छ । चिडियाखानामा काठमाडौं आउने मानिसहरु सायदै नआउने कमै हुन्छन्। जसलाई चिडियाखानाको बारेमा थाहा नभएकाहरु मात्रै आउँदैनन्। चिडियाखाना ललिपुर जिल्लाकै विषेशता हो । यति महत्वपूर्ण चिडियाखाना ललितपुर महानगरमा हुनु भनेको एकदमै ठूलो उपलब्धी हो । तर, यसलाई सरकारले बचाइ राख्नु जरुरी छ । चिडियाखानलाई सकिन्छ धेरै व्यवस्थित रुपमा विकास गरौं । सकिँदैन भने पनि जुन गतिमा चलिरहेको छ त्यहि रपमा रहन दिनुपर्छ । यसलाई लोप हुन दिनु हुँदैन भन्ने उदेश्य सरकार तथा महानगरले लिन जरुरी छ । महानगरले चिडियाखाना अगाडिको फुटवल मैदानमा ठूला ठूला कन्सट हुने गरेका थिए त्यसलाई हटाउन सफल भएका छौं । चिडियाखानामा भएका जनावरलाई असर पर्ने भएकाले हटाएको हौं । यसले पनि चिडियाखानालाई व्यवस्थित बनाउँदै जानुपर्छ । चिडियाखानामा ठूला ठूला भवनहरु बन्नु हुँदैन खुल्ला छाड्नु पर्छ ।’

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले चिडियाखाना मुख्य चार वटा उदेश्यले सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कोषले जङगली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताउनु भयो । ओलीले कोषले जङगली जनावर तथा प्रकृति संरक्षणको विषयमा नेपालको १३ जिल्लामा पाठयपुस्तकमा समावश गराएको बताउनुभयो । डा. ओलीले भन्नुभयो,‘ चिडियाखानाको मुख्य चार वटा उदेश्य रहेको छ । जसमा सबै मानिहरु जङगलमा जान सक्दैनन्। जङगली जनावरसँग घुलमिल हुन पनि पाउँदैनन् । 

चिडिखानामा जङगलि जनावरको बारेमा चिनाउनको लागि अर्थात शिक्षा दिन तयारी गरिएको हो । यसमा चाँहिने कुराहरु विद्यालयका पाठ्यपुस्तकमा समेत समावेश गर्नु पर्छ । राष्ट्रिय प्रकृतिक संरक्षण कोषले नेपालका १३ जिल्लाका पाठय पुस्तुकमा समावेश गरिएको छ । पछिल्लो समय आएका नयाँ प्रविधि र जलवायु परिर्वतनको विषयमा पाठयपुस्तकमा समावेश गराएर शिक्षा दिनु जरुरी रहेको छ । यी लगायत अन्य धेरै काम गरिरहेको छ ।’ २६ औं वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उतकृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ ।