एजेन्सी । अर्जेन्टिनाका फुटबल दिग्गज डियगो म्याराडोनाका कान्छा भाइको निधन भएको छ ।
म्याराडोनाका कान्छा भाइ हुगो म्याराडोनाको ५२ वर्षको उमेरमा निधन भएको हो ।
फुटबल पेशामै रहेका हुगो म्याराडोनाको हृदयघातका कारण आफ्नो घरमा निधन भएको अन्र्तराष्ट्रिय मिडियाले जनाएका छन् ।
हुगो सन् १९८७ मा नापोलीस्थित दाजु डियगोसँग फुटबलमा आवद्ध भएका थिए ।
उनले त्यस समयमा दाइ डियगोसँग खेल्दा राम्रो प्रभाव पार्न नसकेपछि अस्कोली र रायो भलेकानो क्लबबाट फुटबल खेलेका थिए ।