२ श्रावण २०८३, शनिबार
,
Latest
अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन आग्रह वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व संकलन मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको आदेशः पर्यटन बोर्डका सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्नु



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

 न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

नेपाल पर्यटन बोर्डले सीईओ रेग्मीमाथि लागेका आरोप छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । 

बोर्डको ऐनअनुसार छानबिन समिति गठनसँगै रेग्मी स्वतः निलम्बन भएका थिए ।

निलम्बन गैरकानूनी भएको भन्दै रेग्मीले अदालतको सहारा लिएका थिए । 

यसैबीच, उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई माघ ३ गते छलफलका लागि हाजिर हुन भनेको छ ।