२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

रूपन्देही २ मा रास्वपा : हङकङ आईडीले आशिषको उम्मेदवारी रोकियो, अदालत जलाउनु पर्छ भन्ने अधिवक्ता खरेलले पाए टिकट

रूपन्देही २ मा रास्वपा : हङकङ आईडीले आशिषको उम्मेदवारी रोकियो, अदालत जलाउनु पर्छ भन्ने अधिवक्ता खरेलले पाए टिकट
अ अ+ अ-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  रूपन्देही क्षेत्र नं. २ मा उम्मेदवार तोकेका आशिष सुवेदीकोको हङकङको आइडी रहेपछि उम्मेदवार परिवर्तन गरेको छ ।

अन्तिम समयमा सुवेदीको स्थानमा सुलभ खरेललाई उम्मेदवार बनाएको छ । आशिषको उम्मेदवारी खारेज हुने डरले अन्तिम समयमा सुलभ लाई टिकट दिएको रास्वापाका एक नेताले जानकारी दिनुभयो । उहाँका अनुसार सुबेदीको नामा जारी भएको एम ४९०८१० (ए) नम्बरको हङकङ प्रान्त आइडी कार्ड रहेको छ ।

पार्टी नेतृत्वलाई यस बिषयमा पटक पटक जानकारी गराएपनि चासो नदिएको र अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेको भन्दै जिल्लाका नेताहरुले असन्तुष्टि जनाएका छन् ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ मा अदालतमा आगजनीपछि अधिवक्ता समेत खरेलले ‘सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन’ भन्दै सामाजिक संञ्जालमा लेखेका थिए ।

यो पनि पढ्नुहोस- प्रधानन्यायाधीश र न्यायाधीशहरुको प्रश्नै–प्रश्नपछि इजलासमै ढले युवा वकिल

के लेखेका थिए सामाजिक सञ्जालमा

सर्वोच्च अदालत जल्दै गर्दा तपाईंको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईंको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरु मेरो आँखामा संवैधानिक चोरहरु हुन् । साँच्चिकै संवैधानिक फटाहाहरु हुन् । लाई टिकट दिएर पठाएको थियो। अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरुको तथा नेपाल बार र मातहत बारहरुको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ । अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृति न्यायालय एक रत्ती चाहिँदैन ।

१७ मङ्सिर मा सर्वोच्च अदालतमा बहसका लागि उभिएका अधिवक्ता खरेल ढलेका थिए । संवैधानिक इजलासमा नेकपा एमालेले दायर गरेको रिटमा संवैधानिक इजलासमा बहसको क्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सामाजिक सञ्जाल फेसबुकमा लेखेको विषयमा प्रष्टीकरण मागे पछि खरेल ढलेका थिए ।