७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश बचाउने र बनाउने संकल्पका साथ काठमाडौं १ उम्मेदवारी दिएको छुः रविन्द्र मिश्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफू आगामी निर्वाचनमा विजयी हुने दाबी गर्नुभएको छ ।

मंगलवार काठमाडौंको क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनका लागि पुग्नुभएका उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले पृथ्वीनारायण शाहले आधुनिक नेपालको निर्माण गरेको उल्लेख गर्दै आफू सोही पथमा हिँडेको र देश बचाउने र बनाउने दुवै संकल्प लिएको बताउनु भयो । उहाँले काठमाडौंका जनताले आफूलाई गर्व गर्न लायक हुने गरी आगामी निर्वाचनमा विजयी गराउनेमा विश्वस्त रहेको जिकिर समेत गर्नुभयो । यस अघि सो क्षेत्रमा झिनो मतान्तरले हार व्यहोर्नु परेपनि आगामी निर्वाचनमा जनताले आफूलाई गर्व गर्न लायक सांसद बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मैले यो पटक पृथ्वीनारायण शाहबाट प्रेरणा लिएका छु । उहाँले  तेस्रो  पटक काठमाडौं विजय गरे । मैले तेस्रो पटक काठमाडौं क्षेत्र नम्बर १ मा विजय हासिल गर्ने हो । पृथ्वीनारायण शाहले देशको निर्माण गरे । देशको गौरव बने । म पृथ्वीनारायण शाहले निर्माण गरेको पृथ्वीपथमा हिँडेर यो देशलाई बनाउन र बचाउन अग्रसर हुने हो । यो क्षेत्रका जनताले म सांसद हुँदाखेरी सबै भन्दा बढी गर्व गर्न योग्य सांसद बनाउँनेछन भन्ने कुरामा म ढुक्क छु ।’ 

त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष मिश्रले मुलुकलाई संकटबाट जोगाउन राजसंस्थासहितको शासन व्यवस्था आवश्यक रहेको अडान पनि राख्नुभयो ।