१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता कानुनको विरोध कार्यक्रमअघि कन्हैयाकुमार पक्राउ



अ+ अ-

काठमाडौं । भारतका युवा नेता कन्हैया कुमार पक्राउ परेका छन्। नागरिकता संशोधन कानुनविरूद्धको एक महिने र्याली सुरू गर्न लाग्दा कन्हैयालाई प्रहरीले पक्राउ गरेको हो।

भारतको कम्युनिष्ट पार्टी मार्क्सिस्ट (सिपिएम)का नेता तथा जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वविद्यार्थी नेतासमेत रहेका कन्हैयाकुमारलाई बिहीबार बिहान बिहारको पश्चिम चम्पारणस्थित महात्मा गान्धी आश्रमबाट पक्राउ गरेको हो।

कार्यक्रम सुरू हुन केही समयअघि नै प्रहरी प्रशासनले उनीसँगै अन्य प्रदर्शनकारीलाई हिरासतमा लिएको ट्विटरमा लेखेका छन्।

प्रहरीले भने उनीहरूको कार्यक्रमले सरस्वती पूजामा असर पर्ने भन्दै पक्राउ गरेको बताएका छन्।

‘आज सरस्वती पूजा हो, उनीहरूलाई प्रदर्शन गर्न दिए समस्या आउन सक्ने भएर कन्हैयाकुमारलाई हिरासतमा लिएको हो,’ नरकटियागन्ज सब डिभिजनल प्रहरी सूर्यकान्त चौबेले भने। केहीबेर हिरासतमा राखेर प्रशासनले आफूलाई रिहा गरेको कन्हैयाकुमारले जानकारी दिएका छन्।

रिहा भएपछि एक महिना लामो अभियान सुरू भएको छ।