२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

चिसो बढेसँगै सहयोगापेक्षी सडकआश्रितको उद्धारमा जुट्यो मानवसेवा आश्रम, पुनः मेची महाकाली यात्रा गर्दै

चिसो बढेसँगै सहयोगापेक्षी सडकआश्रितको उद्धारमा जुट्यो मानवसेवा आश्रम, पुनः मेची महाकाली यात्रा गर्दै
अ अ+ अ-

काठमाडौँ । चिसो मौसमको सुरुवात भएसँगै सडकआश्रित मानवहरुको उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले सडकआश्रित मानवहरुको उद्धारका लागि मेची महाकाली यात्रा २०७८ को थालनी गरेको छ । यात्रा पौष १५ गते सुरु भई माघ ५ गते सम्पन्न हुनेछ ।

यस अघि २०७७ साल पौष ९ गतेदेखि माघ १६ गतेसम्म मानवसेवा आश्रमले पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका सडकमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) ७५८ जना मानवहरुको उद्धार गरेको थियो ।

मानवसेवा आश्रमले यसपालिको यात्रा ३ वटा उद्धेश्य राखेर गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार एवं संस्थापक रामजी अधिकारीले बताउनु भयो।

सडकपेटी र सार्वजनिक स्थलमा रहेका कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी व्यक्तिहरुको उद्धार गर्ने कार्य यात्राको पहिलो उद्धेश्य रहने अधिकारीले बताउनु भयो ।

“मानवसेवा आश्रमले विगत १० बर्षदेखि नै जसका कोही छैनन्, जसको केही छैन, उनैको सेवामा समर्पित भन्ने आदर्शलाई आत्मसाथ गरेर सडकमानवहरुको उद्धार, उपचार, परामर्श र संरक्षण गर्दै आइरहेको छ ।”

यसपल्टको यात्रा अघिल्लो पटकको भन्दा केही परिमार्जित हुने समेत अधिकारीले बताउनु भयो । “अघिल्लो पटकको यात्रामा हामी आफैले सडकआश्रितको उद्धार ग¥यौँ जसले गर्दा जानकार हुनुपर्ने स्थानीय निकायहरुलाई सडकमानवको अवस्था बारे बुझाउन सकेनौँ जस्तो लाग्छ । यस पटकको यात्रामा भने सडकमानव भेटिएको स्थानमा स्थानीय जनप्रतिनिधि र प्रहरीसँग समन्वय गरेर उद्धार गरिनेछ ।”

दातृ निकायहरुको सर्त सहितको सहयोग स्वीकार नगरि परोपकारी मानवताप्रेमीहरुको विवाह वर्षगाँठ, जन्मदिन, ब्रतबन्ध, पुजापाठ वा पितृ स्मरणहरुको कार्यक्रम एवं स्वेच्छिक सहयोगबाट सञ्चालन भइरहेको मानवसेवा आश्रमको नियमित गास व्यवस्थापनका लागि मेची महाकाली यात्राकै क्रममा भजन सन्ध्याको समेत आयोजना हुने छ ।

मानवसेवा आश्रम दान दातव्यबाट सञ्चालन भएको संस्था भएकोले सम्पूर्ण सहयोगी दाताहरुलाई आर्थिक बर्ष २०७७र०७८ को आयव्यय विवरण र प्रगति प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम समेत रहने छ ।