१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका जेलचलान



अ+ अ-

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। सिभिल सहकारी ठगी प्रकरणमामा  मुछिएका तामाङ सहित  हालका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान गरिएको छ ।  

काठमाडौ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तमाङ र श्रेष्ठ लाई जेल चलान गर्ने  निर्णय संगै अन्य १० जनालाई घरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा हुनेहरुमा बिजय बिक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह (डंगोल) लाई १० लाख, बुद्ध राज तामाङलाई ५ लाख, कौस्तुभ केतन ढुङगानालाई ५ लाख, एलिना तुलाधरलाई ५ लाख, मायोनानी महर्जनलाई ५ लाख, शंकरप्रसाद पाठकलाई २ लाख ५० हजार, राकेश महर्जनलाई ५० हजार धरौटीमा रिहा गर्ने अदालतले आदेश दिएको छ । 

सिभिल सहकारीमा तमाङ सहितका व्यक्तिहरुले ठगी गरेको भन्दै   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो । अनुसन्धान  पछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा ठगी र संगठित अपराधमा मुद्दा दायर गरेको थियो ।

तमाङको समूहले ठगी गरेको भन्दै १५०३ निक्षेपकर्ताले सिभिल सहकारीमा जम्मा भएको रकम अपचलन भएको भन्दै ४२ संञ्चालक तथा पदाधिकारी बिरुद्ध विरुद्ध उजुरी दिएका थिए ।