२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी

प्रतिनिधिको प्रश्न : सीमा समस्यामा किन मौन , कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न हुदैन

प्रतिनिधिको प्रश्न : सीमा समस्यामा किन मौन , कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न हुदैन
अ अ+ अ-

काठमाडौँ । जनयुद्धका शहीद परिवारलाई राहत तथा राज्यका निकायका उचित प्रतिनिधित्व गराउन पार्टीले ध्यान दिन नसकेको भन्दै किन त्यसो भएको हो भन्ने प्रश्न उठेको छ । नेकपा(माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा आज समूहगत धारणा राख्ने क्रममा टोली नेताले जनयुद्धका शहीद परिवार, बेपत्ता तथा  घाइते योद्धाको सवालमा उचित निर्णय गर्न नसक्दा निराशा  पैदा भएको छैन, तत्काल स्पष्ट कार्ययोजनाका साथ काम गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

शान्ति सम्झौताका क्रममा ६० दिनभित्र बेपत्ता नागरिकको अवस्था पत्ता लगाउने भनिए पनि वर्षौं बित्दासमेत अवस्थामा कुनै सुधार आउन नसकेको भन्दै गुनासोसमेत व्यक्त गरेका छन् । राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता तथा समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता एजेण्डा माओवादीको भए पनि नेतृत्व गर्ने स्थानमा नहुँदा जनताले वास्तविक अर्थमा लाभ हासिल गर्न नसकेको भन्दै पार्टीलाई पहिलो बनाउने योजना र कार्यक्रमको समेत माग भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र नेता देवप्रसाद गुरुङको विधान मस्यौदामाथि आज ११ समूहका नेताले आफ्नो समूहको धारणा राखेका थिए । बिहीबार थप १४ समूहकोतर्फबाट टोली नेताले आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

 सत्तामा पुगेपछि किन भएन जनपक्षीय काम    

सो क्रममा समूह १४ का नेता टङ्क राईले अध्यक्ष प्रचण्डको प्रतिवेदनले धेरै कुरा समेटेको भए पनि न्यायालयमा हुने भ्रष्टाचारबारे केही पनि नबोलिएको भन्दै स्पष्ट धारणा आउनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचारमा शून्यः सहनशीलताको नीति अपनाउनुपर्ने, सदाचारका लागि स्पष्ट कार्ययोजनासहित जीवन व्यवहारमा लागू गर्नुपर्ने सुझाव दिनुभयो । कम्युनिस्ट पार्टीले राजनीतिक आन्दोलनमा श्रेष्ठता प्राप्त गर्ने तर तर सरकारमा गएपछि किन जनमुखी काम गर्न सक्दैनन् भन्ने प्रश्नको खोजी गर्नुपर्ने उहाँको भनाइ थियो ।
 
नेता राईले आफ्नो समूहको निष्कर्ष सुनाउँदै भन्नुभयो, “कम्युनिस्ट सत्तामा पुगेपछि किन जनमुखी काम गर्न सक्दैनन् रु यसबारे दस्तावेजमा प्रस्ट पारिनुपर्छ ।” प्रदेश नम्बर १ का तर्फबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्दै  टोली नेता हर्कबहादुर नेम्वाङले पार्टीभित्र नेता तथा कार्यकर्ताको मूल्याङ्कनको प्रणाली विकास गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “कसैले अवसर पाइरहने, कसैले कहिल्यै नपाउने अवस्थाको अन्त्य गर्नुपर्छ ।” यस्तै पार्टी नेतृत्वको र सहभागी भएका सरकारको उपलब्धिका बारेमा पनि प्रतिवेदनमा समेट्न आग्रह गर्नुभयो । उहाँले अध्यक्ष प्रचण्डको दस्तावेज मूलत सही भएको र उसले पार्टीलाई सही मार्गमा लैजाने धारणा राख्नुभयो ।

 यस्तै कार्यकारी पदमा पनि एउटा सीमा निर्धारण गर्नुपर्ने माग उठेको छ । दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा बस्न नपाइने व्यवस्था सुनिश्चित गरिए नयाँले अवसर पाउने समूहगत छलफलमा क्रममा ध्यानाकर्षण गराइएको छ ।

सीमा अतिक्रमणबारे बोल्नुप-यो

सुदूरपश्चिम प्रदेशका तर्फबाट आफ्नो समूहको धारणा राख्दै मीनबहादुर कुँवरले पार्टी र सरकारको कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागू गर्न प्रतिनिधिका तर्फबाट सुझाव प्राप्त भएको बताउनुभयो । उहाँले सीमा अतिक्रमण  तथा सीमा क्षेत्रमा हुने गैरकानूनी गतिविधिको नियन्त्रणका लागि पार्टीको स्पष्ट धारणाको माग गर्दै अतिक्रिमित भूमि फिर्ता ल्याउनेतर्फ ठोस कार्ययोजना आवश्यक रहेको बताउनुभयो ।

माओवादीसमेतको पहलमा चुच्चे नक्सा जारी भएको भए पनि व्यावहारिकरूपमा भूमि फिर्ता हुन नसकेको भन्दै उहाँको समूहले त्यसबारेमा कसरी अगाडि बढ्ने भन्ने योजना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तै प्रतिवेदनमाथि आफ्नो समूहको निष्कर्ष सुनाउँदै टोली नेताले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाका साथ पूर्ण समानुपातिक निर्वाचन प्रणालीका बारेमा पार्टीले स्पष्ट योजनाका साथ जनपरिचालन गर्नुपर्ने सुझावसमेत दिएका छन् । यस्तै तत्कालीन जनमुक्ति सेनाबारे शान्ति प्रक्रिया अघि र पछिका बहिगर्मित स्वेच्छिक अवकाश लिएका तथा क्यान्टोनमेन्टमा रहेकालाई साङ्गठिन जिम्मेवारीमा समेट्न तथा उनीहरूको योगदानको कदर गर्नसमेत पार्टी नेतृत्वको ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै जनयुद्धकालीन मुद्दा तत्काल खारेज गर्न पार्टीकोतर्फबाट पहल गर्नुपर्ने तथा तथा खोकु छिन्ताङलगायत विद्रोहबारे पनि प्रतिवेदनमा उल्लेख हुनुपर्नेमा जोड दिइएको छ । राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरेर मङ्गलबार बिहानदेखि आज बिहान १२ सम्मको समय छुट्याइएको थियो ।
 
समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहकोतर्फबाट रामनारायण बिडारी, प्रदेश नं २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टङ्क राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । रासस