३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

स्थानीयको माग सम्बोधन गरी उत्तरगङ्गा आयोजना निर्माण हुन्छ: ऊर्जामन्त्री वर्षमान पुन

स्थानीयको माग सम्बोधन गरी उत्तरगङ्गा आयोजना निर्माण हुन्छ: ऊर्जामन्त्री वर्षमान पुन
अ+ अ-

ढोरपाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्थानीय जनताको माग सम्बोधन गरी उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बागलुुङको ढोरपाटनमा रहेको आयोजनास्थलको आज निरीक्षणपछि स्थानीयवासीसँग उनले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको साथ र सहयोग जरुरी रहेको बताए । कूल ८२८ मेगावट क्षमताको जलाशययुक्त आयोजना हाल नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको छ ।

आयोजना निर्माण हुँदा स्थानीयवासीले मात्र नभई समग्र मुलुकले समेत ठूलो आर्थिक लाभ प्राप्त गर्ने भएकाले आयोजना अगाडि बढाउन स्थानीयवासीको भूमिका रहेको उनले बताए । मन्त्री पुनले आयोजनालाई सकेसम्म स्थानीयवासीको हितअनुसार नै अगाडि बढाउन सरकार लागिपर्ने बताए। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं बागलुुङका सांसद देवेन्द्र पौडेलले अयोजनालाई जतिसक्दो छिटो अगाडि बढाउन सरकारसँग आग्रह गरे । “यो बागलुङको मात्र नभई नेपालको मुहार फेर्ने आयोजना हो”, उनले भने,“आयोजना निर्माणमा सहजीकरण गर्न तयार छौँ।”

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले प्रारम्भिक अध्ययनलाई पूर्णता दिँदै नयाँ आधारमा अध्ययन भइरहेको सो आयोजना सरकारले अगाडि सारेको रणनीतिक महत्वको आयोजना मध्ये एक हो । बागलुुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिका तथा रुकुम जिल्लाको पुुथा उत्तरगङ्गा गाउँपालिकाको सिमानामा आयोजना निर्माण गर्ने तयारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी उत्तरगङ्गा जलविद्युत् कम्पनीले कूल ८२८ मेगावाट क्षमताको सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्नका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको छ ।

थोरै बस्ती उठाउनुपर्ने तथा खेतीयोग्य जमीनसमेत कम प्रभावित हुने भन्दै प्राधिकरणले सो आयोजनालाई आकर्षक आयोजनाको रुपमा राखेको छ । आयोजनाबाट कूल ६२५ घरधुरी विस्थापित हुने प्रारम्भिक अध्ययनले जनाएको छ । कूल २०० मिटर अग्लो बाँध निर्माण गरेर झण्डै १० किलोमिटर सुरुङबाट पानी पठाएर ८२८ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरिएको छ । सरकारले कम्पनी मोडलमा बनाउने निर्णय गरेपछि उत्तरगङ्गा जलविद्युत् कम्पनीले डिपिआरको काम गरिरहेको छ । २०८३ सालभित्र सम्पन्न गर्ने जलविद्युत् कम्पनीले योजना अगाडि सारेको छ । आयोजनाका लागि एक खर्ब ७० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।