८ भाद्र २०८३, सोमबार
,
Latest
पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार पीपीपीका समस्या समाधान गर्न निजी क्षेत्रसँग १५ दिनभित्र सुझाव माग सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रक्रिया सहज बनाउन युएईसँग छलफल सचेत वा नसियत पाएका व्यक्ति बैंकको सञ्चालक बन्न पाउने गरी ‘बाफिया’ संशोधन गरिँदै पूर्वाधार विकासका लागि १५ वर्षे मास्टर प्लान आवश्यक : अध्यक्ष पाण्डे निजी क्षेत्रलाई ‘ड्राइभिङ सिट’मा राखेर पूर्वाधार विकास गर्नुपर्ने : चेम्बर अध्यक्ष अग्रवाल अबदेखि साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा किचलो: महामन्त्रीद्वय र सहमहामन्त्रीलाई गरेको कारबाही विशेष महाधिवेशन पक्षधर खारेज



अ+ अ-

काठमाडौं ।नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत पार्टी सदस्यबाट निष्कासित निर्णयलाई खारेज गरेको छ ।

कांग्रेसका नेता तथा केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट विघठित भइसकेको केन्द्रीय समितिको नामबाट निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई अनधिकृत रुपमा पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासित गरिएको प्रकरणलाई काठमाडौँ भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको हल खारेज गर्दछ ।

सिवाकोटीकाले लेख्न्नुभएको छ – नेपाली कांग्रेस केन्द्रीय समितिका नाममा अनधिकृत रुपमा भएको यो निर्णयले नेपाली कांग्रेसलाई एकताबद्ध बनाइ राख्न भएका हाम्रा सबै प्रयासलाई समेत बाधित तुल्याएको छ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तर्फबाट यो विशिष्ट परिस्थितिमा विशेष महाधिवेशनमा आउनुभएका सबै महाधिवेशन प्रतिनिधिहरू, पार्टीका शुभेच्छुक मतदाता र सबै प्रजातन्त्रप्रेमीहरूमा एकताबद्ध हुन तथा अतिवादी सोचबाट प्रेरित कारबाहीको प्रोपगण्डाबाट रतिभर पनि विचलित नहुन आग्रह गर्दछौं। र यो पनि स्पष्ट गर्न चाहन्छौं कि विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हो। र आधिकारिक रहनेछ। धन्यवाद जय नेपाल।




भर्खरै