२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसमा आन्तरिक तनाव चर्कियो, महामन्त्रीहरूले धोका दिएको पूर्णबहादुर खड्काको आरोप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका महामन्त्रीहरूले आफूलाई धोका दिएको आरोप लगाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै खड्काले पुसमा नियमित महाधिवेशन गर्ने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेरै कार्यतालिका ल्याइएको भए पनि कामकारबाही समयमा सम्पन्न हुन नसकेको बताए।

उनले भने – ‘पुसमा नियमित महाधिवेशन गर्ने विषयमा महामन्त्रीहरूसँग सल्लाह गरेकै हो। सोही सल्लाहअनुसार तालिका ल्याउँदा कामकारबाही गर्दागर्दै भ्याइएन। तर महामन्त्रीहरूले आफूले कुनै सल्लाह नै नगरेको जस्तो व्यवहार गर्दै धोका दिनुभयो।’

खड्काले कामकारबाही हुन नसक्नुमा आफ्नै भूमिका नभएको जस्तो गरी महामन्त्रीहरू विशेष महाधिवेशनतर्फ उन्मुख भएको आरोप पनि लगाए। ‘यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने काम गरेको छ,’ उनले बैठकमा भने।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले पार्टी विभाजनतर्फ उन्मुख भएको दाबी गर्दै गम्भीर चेतावनीसमेत दिएका छन्। ‘अब पार्टी फुटतर्फ जाने लगभग निश्चित जस्तै छ,’ खड्काको भनाइ उद्धृत गर्दै ती सदस्यले बताए।

खड्काले महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने, सभापतिको राजनीतिक सन्यासको प्रस्ताव राख्ने तथा निर्वाचनलाई हाइकमान्डमार्फत सञ्चालन गर्ने विषय अघि सारेको दाबी गर्दै ती प्रस्तावहरू केही विषयमा सहमत हुनै नसक्ने खालका रहेको बताए।